मोना बेल्जियमले आयोजना गरेको “मोना बेल्जियम भलिबल कप २०२५” आयोजक टिम मोना बेल्जियमले जितेकोछ । मंगलबार २४ मा एन्तवेरपेनमा आयोजना भएको प्रतियोगितामा बेल्जियम स्थित बिभिन्न संघसंस्थाका जम्मा १३ टीमको सहभागीता रहेको थियो।
प्रतियोगिताका अन्तिम दुई टिमको खेल प्राबिधिक कारणले सम्पन्न हुन नसके पछि गोला प्रथा गरिएको थियो जसमा मोना बिजेता र मगर संघ बेल्जियम द्वीतीय भएका थिए।
प्रतियोगितामा मोना बेल्जियम, एनएफसी दुर्ने, मगर समाज बेल्जियम, क्षेत्री समाज बेल्जियम, तमु समाज बेल्जियम, चितवन सहायता कोष, नेप-प्राउड लुभेन, अन्नपुर्ण क्लब ब्रसेल्स, र क्लब ब्रुजले भागलिएका थिए ।
निकै नै प्रतिस्पर्थात्मक रहेको खेलमा मगर समाज बेल्जियम A र मोना बेल्जियम A फाईनलमा प्रबेस गरेका थिए। निर्धारित समयमा खेल नसकिएकोले खेलाडी तथा आयोजकको सहमतीमा पुरस्कार राशी बराबर गरि ट्रफी र मेडलको लागी गोला प्रथा गरिएको थियो।
बेल्जियममा पहिलो पटक गरिएको नेपाली महिला भलिबलतर्फ मोना बेल्जियम र तमु समाज बेल्जियम बिच खेल भएको थियो। सो खेलमा मोना बेल्जियमको महिला टोलीले बिजय हासील गरेको थियो। साथै ४५ बर्ष उमेरसमुह माथीका भेट्रान भलिबल पनि एन्तवेरपेन र ब्रुज समुह बिच भएको थियो, जसमा एन्तवेरपेन समुह बिजयी भएको थियो।
प्रथम पुरुस्कार १५०० युरो र दोस्रो पुरुस्कार १००० युरो रहेको प्रतियोगिताको मु्ख्य रेफ्रीको भुमिका मिन क्षेत्री, सहायक रेफ्रिहरुमा सरोज गौचन, राजु थापा, तुङ्गा निरौला, सुवास जोशी, मोहन रोका, प्रकास बुढा, प्रदिप थनेत लगायतले निभाउनुभएको थियो।
यस अघि भएको उद्घाटन समारोहको मोना बेल्जियमका अध्यक्ष सुमन थापा प्रदीपको सभापतित्व तथा बेनेलक्सका लागी नेपाली राजदुत सेवा लम्सालको प्रमुख आतिथ्यतामा भएको थियो। एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटा बिशेष अतिथी रहनुभएको कार्यक्रममा बिभिन्न संघ सस्थाका अघ्यक्ष तथा प्रतिनिधि,र खेलप्रेमीहरुको उपस्थिति रहेको थियो।
संस्थाको महासचिब रामचन्द्र थापा मगर ले संचालन गरेको औपचारीक कार्यक्रममा संस्थाका अध्यक्ष थापाले भलिबल खेल प्रतियोगिता सफल बनाऊन सहयोग गर्ने सहयोगी संस्था महानुभा र सहभागी खेलाडी, निर्णायकहरु सबैलाई ध्नाय्बाद व्यक्त गर्नुभएको थियो।