पोल्याण्डबाट युरोपका बिभिन्न देशमा बसाइसराइ गरेका पोलिसहरुको युरोपियन स्पोर्ट क्लब रेड व्हाइट एन्तवेरपेनले प्रत्येक बर्ष गर्ने ‘बेल्जिका’ फूटबल टुर्नामेन्टको अन्डर ९ र अन्डर १२ क्याटगोरीको खेल नेपाली बाल खेलाडीहरुले जितेकाछन । लिग चरणमा खेलेका नेपाली खेलाडीहरुको क्लब “युरोनेपाल”ले प्रतिस्पर्धी क्लबहरुमा सबै भन्दा बढी गोल गरेका थिए।
A 7 साइड फर्ममा खेलाइएको खेलमा अन्डर 9 बाट बिब्यान खड्का, प्रणय शर्मा, साने गुरुङ ,रेइबिन गुरुङ,बिहान गुरुङ, दिपांश खड्का,तन्चोहांग थेबे,बिशेष बराल, नयन बानिया, डानियल शेरचन र अन्डर १२ बाट आरोन केसी,सदिप थनेत,तेन्जिन दुक्पोक,ग्रेफ्सान सेरचन, बिवान गुरुङ, साङ्गे तामांग, आश्विन श्रेष्ठ, सेयोंन गौचन, आएन भण्डारी, बीर खत्रीले खेलेका थिए। गोलकिपरमा थिए ।
उक्त टुर्नामेन्टका लागि बेल्जियम सहित पोल्याण्ड, जर्मनी, फ्रान्स, नेदरल्याण्ड लगायतका देशबाट खेलाडीहरु आएका थिए ।
युरोपमै ख्याति कमाएको यो टुर्नामेन्टमा खेल संगै पोल्याण्डका स्थानीय खानाका परिकार र अन्य उत्पादनहरुका स्टलहरु राखिएका थिए।
बेल्जियमका बिभिन्न स्पोर्ट्स एक्याडमिहरुमा फुटबल सिकिरहेका र राष्ट्रिय र स्थानीय क्लबमा आबद्ध भएर ब्यबसायिक फुटबल खेलिरहेका नेपाली बालखेलाडीहरुलाई नबिन नेपाल, सन्तोष खड्का र बिरेन गुरुङले संयोजन गरेर उक्त प्रतियोगितामा सहभागी गराउनु भएको थियो।
सोहि अवसरमा प्लस ३५ उमेर समुहका नेपाली खेलाडी र पोल्याण्डका खेलाडी बिच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको थियो।