लुभेन कार्नाभालमा लाखौ मानिसले सडकमा नेपाली कलासंस्कृति झल्किने झांकिको अबलोकन गरेकाछन । फेब्रुअरी २८ शनिबार आयोजित लुभेन कार्नाभालमा सहभागी भएका कार्नाभाल परेडका ३५ समुहमा अग्र स्थानमा रहेको नेपाली परेडमा लाइभ पन्चेबाजा, बहुसांस्कृतिक भेषभुषामा रहेका कलाकारको नृत्य सहित पौराणिक र मौलिक नाचहरु प्रदर्शन गरिएको थियो।
युरो नेपाल कलाकार संघ ( इना ) बेल्जियमले संयोजन गरेको कार्यक्रममा बेनेलक्सका लागी नेपाली राजदुत सेवा लम्सालले परेडको नेतृत्व गर्नुभएको थियो। नेपालीपन झल्कने गरि बनाइएको गुडाउने नेपालीघरबाट सडक छेउ उभिएका बालबालिका देखि बृद्ध सम्मलाई चकलेट, स्नूफ बाढ्दै, अभिबादन गर्दै, नाच देखाउदै, संगीत सुनाउदै हिडेको नेपाली परेड बिशेष आकर्षक देखिएको थियो । आयोजक संस्था रोयल अर्डर अफ पितरमान भिजेड्वेका संचालकले नेपाली समुदायको रंगिन परेडको प्रशंशा गर्दै सडकमा उभिएका दर्शक र सहभागीहरुलाई परिचय गरेका थिए।
करिब ६० बर्ष देखि फेब्रुअरी २८ मा आयोजना हुने लुभेन कार्नाभालमा पहिलो पक्तिमा स्थान पाउनु नेपाली समुदायको गौरबको बिषय र नेपाललाई युरोपमा चिनाउने सुअबसर हो । यस कार्यका लागि बलराम पुन, जिम्मी गुरुङ लगायत एनाका सम्पूर्ण कलाकारहरु, चिरन कुमार खवास, लोकेन्द्र नेपाल, खड्क केसी,कल्पना मगर, सुर्य ढकाल आदि र सहयोगी संघ संस्थाहरुको सहयोगले नेपाल र नेपाली समुदायको महत्व बढाएकोछ ।



परेड सुरु हुनु अघि भएको उद्घाटन समारोहमा लुभेन नगरपालिकाका उपमेयर एबम सांस्कृतिक बिभाग प्रमुख बेर्त कोर्निलिले राजदुत सेवा लम्साललाई कर्नाभालको बिशेष मेडल लगाएर सम्मान गर्नुभएको थियो ।
समारोहमा उपस्थित लुभेन नगरपालिका का पदाधिकारी एबम कर्नाब्हल आयोजक समितिलाई धन्यबाद दिदै राजदुत ल्मम्सालले युरोपमा सांस्कृतिक जात्रामा नेपाली समुदायको सहभागिताले दुई देशको जनस्तरको सम्बन्ध बलियो हुने र यहाको नेपाली समुदायमा जिम्मेवारीबोध हुने बताउनु भयो । राजदुत लम्साललाई आयोजक अतिथि सबै उठेर ताली बजाएर सम्मान गरेका थिए ।
कार्यक्रममा लुभेन नगरपालिका सदस्य सुर्य ढकालले नगरपालिका र दुताबासबीच समन्वय गरेर नेपाली राजदुतलाई कार्यक्रमको बिशेष अतिथि बनाइएको थियो।
एना बेल्जियमका अध्यक्ष बालराम पुनले परेड सकिए पछि सबैलाई धन्यबाद दिदै आगामी दिनमा सबैको सहभागितामा अझ ब्यबस्थित र आकर्षक नेपाली झाँकी प्रस्तुत गर्ने बताउनु भएकोछ।