तामाङ्ग समाज बेल्जियमले मनायो सोनाम ल्होसार,

0

तामाङ समाज बेल्जियमले २८६२ सोनाम ल्होछार(ता ल्हो,घोडा वर्ग) भव्यता साथ् सम्पन्न गरेकोछ । जनवरी २४ २०२६ शनिवार बेल्जियमको पर्यटकीय शहर ब्रुजमा भएको कार्यक्रम तामाङ समाज बेल्जियमकी अध्यक्ष लालिङ तामाङको अध्यक्षतामा भएको थियो।

लामा घ्याछो तामाङद्वारा पुजापाठ गरी सुरु भएको कार्यक्रमको बेनेलक्सका लागि नेपाली राजदुत सेवा लम्साल, आदिवासी जनजाती महासंघ बेल्जियमकी अध्यक्ष प्रविना गुरुङ र समाजकी अध्यक्ष लालिङ तामाङले पानसमा दीप प्रज्वलन गरेर संयुक्त रुपमा उदघाटन गर्नु भएको थियो।
सोनाम ल्होसारको शुभकामना दिदै कार्यक्रमका प्रमुख अतिथि राजदुत लम्सालले नेपालको मौलिक संस्कृति र परम्परा भएको तामाङ्ग समुदायको आफ्नो संस्कृतिलाई विदेशमा मनाउनको लागि सबैलाई जोडेर एकताबद्ध भएर यसरि ल्होसार पर्वको आयोजना गरेकोमा खुसि व्यक्त गर्दै समाजलाई धन्यबाद दिनुभयो।

बेल्जियमवासी सम्पुर्ण तामाङहरुको तर्फवाट तामाङ समाज बेल्जियमकी संरक्षक अनिता लामा, बेल्जियम स्थित जातीय समाजको प्रतिनिधित्व गर्दै आदिवासी जनजाति महासंघ बेल्जियमकी अध्यक्ष प्रबिना गुरुङले शुभकामना दिनुभएको थियो।

तामाङ्ग समाज बेल्जियमका अध्यक्ष लालिङ तामाङले अतिथिहरु, तामाङ्ग समाजका अग्रज सदस्यहरु, शुभेक्षुकहरु र कार्यक्रमलाई सफल बनाउन हातेमालो गर्ने सबैलाई धन्यवाद दिदै पहिलो चरणको कार्यक्रमको समापन गर्नुभएको थियो।

तामाङ समाज बेल्जियमको संस्थापक अध्यक्ष राजकुमार लामा भुतपूर्व अध्यक्ष भरत लामा र निर्वतमान अध्यक्ष राम लामालाई समाजलाई पुर्याउनुभएको योगदानको कदर गर्दै सम्मानपत्र सहित सम्मान गरिएको थियो। साथै प्रस्तुति दिने सम्पूर्ण कलाकारहरुलाई सम्मान गरिएको थियो!

बेल्जियम स्थित बिभिन्न जातीय संस्थाहरु, राजनैतिक संगठन, विभिन्न सामाजिक संघसंस्था र विभिन्न पत्रकारहरुको उपस्तिथी रहेको कार्यक्रममा बेल्जियमको नेपाली समुदायको एकता देखिएको थियो।

अनिता तामाङ र मनु लामा तामाङले पाहुनाहरुलाई खादाले सम्मान गर्नुभएको कार्यक्रममा समाजका उपाध्यक्ष माया तामाङले स्वागत मन्तब्य राख्नुभएको थियो।

पहिलो चरणको औपचारिक कार्यक्रम समाजका महासचिव महिन्दो वाईबा र दोश्रो चरणको सांस्कृतिक कार्यक्रम समाजका सदस्य इना तामाङले संचालन गर्नु भएको थियो!

दोश्रो चरणको सांस्कृतिक कार्यक्रममा प्रविना पाख्रीन तामाङ, दिपिका लामा र सुमी तामाङको सामुहिक स्वागत नृत्य र कमला तामाङ, सारा तामाङ, प्रविना तामाङ, ज्ञानु गुरुङ तामाङ, महि थापा, एलिना तामाङ, स्मारिका सुब्वा र दिपशिखा सुब्बाको मनमोहक प्रस्तुतीले सबै दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो! त्यसैगरी नेपाली पाठशाला, एभरेष्ट नेपाली सोसाईटीका ईशु श्रेष्ठ, आचल शर्मा, प्रशान्न पुन र आदित्य बरुवालको( नृत्य निर्देशक: प्रतिक्षा पुन) सामुहिक तामाङ सेलो नृत्यले हल पुरै ल्होछारमय र रमाइलो भएको थियो!

बेलायतका गायक कुमार योन्जन तामाङले म्हेन्दोमाया तामाङ सेलो गाएर दर्शकहरुलाई नचाएका थिए भने पोर्चुगल निवासी चर्चित युवा गायकहरु पुष्प वाईवा तामाङ र रामकृष्ण तामाङले तामाङ्ग भाषाका गीत र अन्य चर्चित गित गाएर दर्शकहरुलाई मनोरंजन गराउनुभएको थियो। नुवाकोट र धादिङ भेगको अत्यन्तै प्रख्यात म्हेन्दोमाया नाचमा आगन्तुकहरु नाचेर ल्होछार सांस्कृतिक कार्यक्रमको रौनकनै नै परिबर्तन भएको थियो।

तामाङ भेषभुषामा बेल्गिउम्का बिभिन्न सहरहरु लुभेन, आरस्कोट, ब्रसेल्स, एन्त्वरपेन,ब्रुज,वस्टनडे,हासल्ट, गेन्ट र सेन्त्रादुन लगायतबाट तामाङ भेषभुषामा सजिएका आगन्तुक र पाहुनाहरुले ह खचाखच भेरिकेओ थियो। लुभेन र एन्तवरपेनबाट बस रिजर्ब गरेर सहभागीहरुलाई सुबिधा दिईएको थियो।

झोरमान वाईवा, अजय गुरुङ र ज्योती घिसिङको नेतृत्वमा खाना र हलको व्यस्थापन भएको थियो भने अन्त्यमा डिजे आरोश खडकाले दर्शकहरुले मध्यरात सम्म नचाउनुभएको थियो।

Leave A Reply

Your email address will not be published.