ब्रसेल्स स्थित नेपाली राजदूतावास बेनेलक्स र नेपाल व्यवसायी संघ, बेल्जियमबीच सोमबार फेब्रुवरी २ तारिख अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। नेपालमा वैदेशिक लगानी प्रवर्द्धन तथा नेपाली उत्पादनहरूको युरोपमा बजार विस्तारका विषयमा छलफल गर्ने उद्देश्यले दुताबासले यहाका नेपाली ब्यबसायी संग छलफल र सुझाब संकलन गरेको हो।
कार्यक्रममा बेल्जियममा रहेका नेपाली लगानीकर्ताहरूले नेपालमा लगानी गर्न सक्ने सम्भावित क्षेत्र, त्यसका लागि नेपाल सरकारबाट आवश्यक पहल, युरोपमा उच्च माग भएका नेपाली उत्पादनहरूको निर्यात तथा बजार विस्तार, दूतावास र व्यवसायी संघबीच सहकार्यका क्षेत्रहरू लगायतका विषयमा छलफल भएको नेपाली ब्यबसायी संघका अध्यक्ष चिरन कुमार खवासले बताउनुभएकोछ।
त्यसैगरी, नेपाली कला, संस्कृति, गीत नृत्य तथा पर्यटन प्रवर्द्धन मार्फत नेपालको सफ्ट पावर (Soft Power) बिस्तार गर्ने विषयमा पनि सहकार्यका सम्भावनाहरूबारे विचार विमर्श भएकोछ।
दूतावासले नेपाली ब्यबासायीहरुलाई आफ्ना अनुभबलाई लिखितरुपमा प्रदान गर्न र नेपाल र युरोप बीच ब्यापार बिस्तार गर्न चाल्नु पर्ने आबस्यक कदमका लागि सुझाब मागेकोमा नेपाली ब्यबसायीहरुले महत्वपूर्ण सल्लाह सुझाब प्रदान गर्नुभएकोमा बेनेलक्सका लागि नेपाली राजदुत सेवा लम्सालले धन्यबाद व्यक्त गर्नु भएकोछ।
कार्यक्रममा राजदुत लम्साल सहित दुताबासका पदाधिकारी एबम नेपाली ब्यबसायी संघका अध्यक्ष खवास, उपाध्यक्ष कासी दनै, सचिब बाबुराम शर्मा,कोषाध्यक्ष भुवन सुबेदी, नेबाब युरोपका अध्यक्ष यामु निरौला, सचिब मदन दवाडी, राजु थापा लगायतको उपस्थिति रहेको थियो।