नेपाली कला संस्कृतिको जगेर्ना गर्दै प्रबासमा नेपाली मन जोडेर नेपालीपनको अनुभूति गराउने र नेपाली शभ्यताको बिस्तार गर्ने उद्यस्यले सन् २०१० मा स्थापना भएको सामाजिक संस्था नेपाली मिलन केन्द्र एन्तवेरपेन बेल्जियमको आठौ अधिबेशन सम्पन्न भएकोछ।
आइतबार एन्तवेरपेनमा बेनेलक्सका लागि नेपाली राजदुत सेवा लम्सालले पानसमा दीप प्रज्वलन गरि संस्थाको अधिबेशनको उद्घाटन गर्नुभयो।
अधिबेशनको सफलताको शुभकामना दिदै राजदुत लम्सालले नेपालको मौलिक सांस्कृतिक पहिचान कायम राखेर नेपाली कला संस्कृतिको संरक्षण गर्ने र सामाजिक, सामुदायिक हितमा त्यसको प्रयोग गर्ने गरि नेपाली मिलन केन्द्रले गरेका कार्यको लागि संस्थालाई धन्यबाद दिनुभयो । लम्सालले नेपाली समुदायलाई बेल्जियमको स्थानीय र केन्द्रिय राजनीति र सामाजिक कार्यमा नेतृत्व लिन सक्ने गरि गतिबिधि गर्न सुझाब दिदै नेपाली बसोबास भएका सहरमा एक-एक वटा नेपाली सांस्कृतिक केन्द्रको स्थापना गर्नका लागि समुदायका अग्रजहरुले पहल गरेमा नेपाली दुताबासको बिशेष सहयोग रहनेछ भन्नुभयो।
इन्टरन्यासनल कमिटिका काउन्शिलर गालिना मातुसिनाले बेल्जियमको भाईब्रेंट समुदायको पहिचान बनाएको र कला संस्कृतिमा अत्यन्त धनि नेपाली समुदायसंग काम गर्न पाउदा खुसि लागेको छ भन्नुभयो। उहाले नेपाली मिलन केन्द्र बेल्जियम र यसका अध्यक्ष कान्ती तिमिल्सिना अधिकारीले इन्टरन्यासनल कमिटिका अभियानमा साझेदारी गरेर नेपाली कलासंस्कृतिको प्रचार प्रसार गर्नुका साथै नेपाल चिनाउने काम गर्नुभएकोछ भन्दै धन्यबाद दिनुभयो ।
अधिबेशनको सफलताको शुभकामना दिदै प्रवासी नेपाली मंचका अध्यक्ष बिनोद न्यौपाने,नेपाली जनप्रगतिशील मोर्चा युरोप सल्लाहकार बिष्णु भुजेल, युरो पत्रकार राम पुन,नेपाली जनप्रगतिशिल मोर्छ बेल्जियम अध्यक्ष मेख गुरुङ, नेपाली ब्यबसायी संघ बेल्जियम उपाध्यक्ष कासी दने, नेपाली ब्यबसायी संघ युरोपका महासचिब मदन दवाडी,तमु समाज बेल्जियम अध्यक्ष राम घले, नेपाली आदिबासी जनजाती महासंघ बेल्जियम अध्यक्ष प्रबिना गुरुङ, अनेसास बेल्जियम अध्यक्ष सौरभ कारंजित, धादिङ्ग समाजका अध्यक्ष कृष्ण न्यौपाने,क्याट बेल्जियम उपाध्यक्ष शंकर बजगाई, पर्बत समाज बेल्जियम अध्यक्ष नन्दा गुरुङ र ने^पाल पत्रकार महासंघ बेल्जियम अध्यक्ष ओम शर्माले नेपाली मिलन केन्द्र एन्तवेरपेनले बिसुद्ध सामाजिक कार्य गरेर यहाको नेपाली समुदायमा एकता र सौहार्दता बलियो बनाएकोछ, यो कार्यले निरन्तरता पाओस भन्नुभयो।
त्यसै गरि संस्थाका सलाहकार एबम एनआरएनए बेल्जियमका पूर्व अध्यक्ष चित्र सुबेदी, सल्लाहकार दिपक न्यौपाने, अनिता घले,निबर्तमान अध्यक्ष सुशिला खतिवडा, लगायतले संस्थाको इतिहास, आज सम्मका सामाजिक गतिबिधि र भविष्यका योजनाका लागि सुझाब सहित आफ्ना अनुभब सुनाउनुभयो।
कार्यक्रममा कृतिका पहारीले स्वागत नृत्य गरेकी थिइन् भने प्रजीता रेग्मी र बेनिसा केसीले नाचेर भाबुक बनाएका थिए। संस्थाका अध्यक्ष कान्ति तिमिल्सिना अधिकारीले बालकलाकारहरुलाई उपहार सहित सम्मान गर्नुभएको थियो।
अतिथिहरुलाई संस्थाका सदस्य बिना खतिवडाले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको संचलान महासचिब कबिता शिङ्खडा दहालले गर्नुभएको थियो।
उद्घाटन कार्यक्रमको समापन गर्दै कार्यक्रमका शभापति एबम नेपाली मिलन केन्द्र एन्तवेरपेनका अध्यक्ष कान्ती तिमिल्सिना अधिकारीले संस्थाका हरेक अभियानमा साथ् र सहयोग दिने सबैलाई धन्यबाद दिदै यो संस्थालाई गतिशिल र अब्बल संस्था बनाउन आफुले इमान्दारिता पुर्बक प्रयास गरेको र त्यसमा कार्यसमिति सल्लाहकार, शुभेक्षुक साथै एन्तवेरपेनको नेपाली समुदाय हातेमालो गरेर सहयोग गरेकोमा आभार प्रकट गर्नु भयो।
अधिकारीले इन्टरन्यासनाल कमिटि लगायतका गैर सरकारी संस्था एबम नेपाली समुदायको सहयोगले नेपाली नारीहरुको पर्ब तीज,समर भ्रमण योगा ध्यान लगायत सांस्कृतिक र सामाजिक मनोरन्जन हुने र नेपाली समुदायको एकता बलियो बनाउने काम संस्थाले गरेको र आगामी कार्य समितिले पनि निरन्तरता दिन सकोस भन्नुभयो।





नेपाली मिलन केन्द्रको आठौ अधिबेशनको बन्द सत्रले आगामी दुइ बर्षको लागि लालित पोख्रेलको अध्यक्षतामा नया कार्य समिति चयन गरेकोछ। समितिको उपाध्यक्षमा कबिता सिंखडा दाहाल, बिमला अधिकारी,महासचिबमा ध्रुब शिङ्खडा, सचिबमा बिना खतिवडा, कोषाध्यक्ष अनिता दवाडी, र सदस्यहरुमा रन्जना न्यौपाने, बिदुर खतिवडा, जेबी ओली, बिमला पौडेल, सरस्वति कंडेल, रिता गौतम, प्रमिला दवाडी, युद्ध बहादुर थापा चयन हुनुभएकोछ । ७ सदस्यीय संरक्षक समिति , सल्लाहकार समिति, र बाकि कार्यसमिति सदस्य पहिलो बैठकले मनोनित गर्ने गरि अधिबेशनले पारित गरेको छ।
अधिबेशनको बन्द सत्रले गठन गरेको अध्यक्ष मण्डलका अध्यक्ष ओम शर्मा, सदस्यहरु चित्र सुबेदी र मदन दवाडीको समितिले नबनिर्बाचित कार्य समितिको घोषणा गर्नुका साथै सपथ ग्रहण गराएको थियो।
बन्द सत्रले संस्था महासचिब कबिता दाहाल सिंखडाले प्रस्तुत गर्नुभएको प्रगति प्रतिबेदन र कोषाध्यक्ष बिमला अधिकारीले प्रस्तुत गर्नुभएको आर्थि क प्रतिबेदन सर्बसम्मतिले पारित गरेकोथियो।
संस्थाले बेल्जियममा नेपाली कला संस्कृतिको प्रबर्धन गर्दै नेपाली नेपाली बिचमा भाइचाराको सम्बन्ध बलियो बनाउने कार्य गर्दै आएकोछ भने नेपालमा पनि बिभिन्न परोपकारी काम गर्दै आएकोछ।