बेलायतका नेपाली ब्यबसायी बालिका बलात्कार मामिलामा २५ बर्षको जेल सजाय,

0

बेलयातका नेपाली रेस्टुरेन्ट ब्यबसायी प्रमोद ढकाललाई लामो समय सम्म ७ जना बालिकालाई यौन दुराचार गरेको अभियोगमा २५ बर्षको जेल सजाय दिईएकोछ।
बिगत १७ बर्षमा उनले आठ बर्ष देखि १८ बर्ष मुनिका ७ बालिका र अन्य महिलालाई बलात्कार गरेका बिभिन्न २५ अभियोगमा २५ बर्ष जेल र ८ बर्ष तारेखमा राख्ने फैशला भएकोछ।
बेलायतको पिटरबोरो क्षेत्रमा बस्ने ढकाल सामाजिक अगुवा र धार्मिक पण्डितका रुपमा परिचित थिए। उनको अभियोग बारेमा सुनेर बेलायतबासी नेपाली अचम्भित भएकाछन्।

Leave A Reply

Your email address will not be published.