नेपाली चिकित्सक डा सुबेदीले जिते पोल्याण्डको उत्कृष्ट चिकित्सकको उपाधि

0

युरोपेली मुलुक पोल्यान्डमा कार्यरत नेपाली चिकित्सक डा बोधराज सुबेदीले त्यहाको चिकित्सा क्षेत्रमा बिशिष्ठ मानिने पुरुस्कार हिप्पोक्रेट्स २०२५ को ‘सर्जन अफ दि इयर’ जितेकाछन ।

पोल्याण्डको राजधानी वारसास्थित युरोपियन हेल्थ सेन्टरको ओन्कोलोजिकल सर्जरी विभागमा कार्यरत सुवेदीले पोल्यान्डको प्रसिद्ध समाचार संस्था पोलस्का न्युजले स्वास्थ्य क्षेत्रका विभिन्न विधालाई एसएमएस मार्फत गरेको भोटिंगमा उत्कृष्ट चिकित्षकको उपाधि जितेका हुन्।

सन् १९८९ मा अध्ययनका लागि पोल्यान्ड आएका सुबेदीले सन् १९९६ मा भ्रोस्वाभ मेडिकल युनिभर्सिटीबाट चिकित्साशास्त्रको अध्ययन सकेर पोल्याण्डमा कार्यरत छन । शल्यक्रियामा दक्षता अनुभव भएका सुबेदी बिशेष गरि महिलामा हुने स्तन क्यान्सरका बिसेषज्ञ हुन्।
उनि वारसा क्षेत्रका लागि नेपाल सरकारको नेपाली अवैतनिक वाणिज्यदूत समेत हुन्।
पोलस्का न्युजले स्वास्थ्य क्षेत्रका विभिन्न विधालाई एसएमएस मार्फत राष्ट्रियस्तरमा उत्कृष्ट चिकित्सक छनोट गर्न नोभेम्बर २० तारिख राति ९ बजेसम्म तोकेको थियो। सो अबधिमा अनलाइनमा उपलब्ध अन्तिम नतिजाअनुसार विजयी भएका सुवेदीले ५२ सय ३१, दोस्रो हुने भिएचेस्लाभ ब्रिच्कोस्भीले ४६ सय ४५ र तेस्रो स्थान हासिल गर्ने माग्देलेना माजले ४२ सय ५ भोट प्राप्त गरेका छन्।
सुबेदी उक्त पदवी जिते पछि यो यात्रामा साथ, हौसला तथा समर्थन प्रदान गर्ने सबैलाई धन्यवाद दिदै भनेका छन ‘ मेरा प्रिय बिरामीहरू, साथीहरू, प्रवासको नेपाली समुदायको सहयोग र समर्थनको उपलब्धि हो। यो जित मेरा क्यान्सर बिरामीहरूलाई समर्पण गर्न चाहन्छु।’

सुबेदीले आफ्नो सफलताéको श्रेय प्रवासको नेपाली समुदायलाइ दिदै भनेकाछन ‘यो सफलता नेपाल र नेपालीको गौरव हो, जसले मलाई यस क्षेत्रमा अझ उत्कृष्ट काम गर्न हौसला थपेकोछ।

Leave A Reply

Your email address will not be published.