पुराण,कुरान, बाइबल लगायतका धर्म शास्त्र र संबिधान एबम परम्पराबाट निर्देशित भएको मानब समुदायलाई केहि बर्ष देखि तिब्रगतिमा बिकास भैरहेको इन्टरनेट संजालले कता पुर्याउला भनेर चिन्ता गर्न थालिएकोछ।
यसका राम्रा नराम्रा पक्षको नाप जाच चल्दै गर्दा सिर्जनाका क्षेत्रमा पनि एक किसिमको भुइचालो गएकोछ। महिनौ लगाएर बनाउनु पर्ने चित्र, संगीत,नक्सा, लगायतका बिभिन्न डिजाइन एआइले केहि मिनटमै तयार गरिदिन सक्ने भएकोछ ।
ज्ञानको कठिन साधना मानिने संगीत साधना नगरिकनै केहि टिप्स एआइलाई दिएमा चाहेको गीत, र श्रव्यदृश्य एकछिनमै तयार हुन थालेकाछन ।
यस्तै प्रयास गरेर बेल्जियमको एन्तवेरपेन सहरमा बस्ने कौशल खनालले नेपाली गीतको सिर्जना गरि श्रब्यदृश्य पनि तयार गरेकाछन्। गीतको शब्द रचना, संगीतको कम्पोजिसन र भिडियो सबै एआइले तयार गरेको खनालका गीतमा नेपालीपन झल्कने शब्द, संगीत र श्रव्यदृश्यहरु छन ।
कविता, गीत, गज़ल सिर्जना गर्दै आएका खनालले यिनै रचनाहरुका आधारमा एआई गीत र भिडियो बनाएकाछन।
नेपालको प्राकृतिक सौन्दर्य र माया प्रेमका शब्द भएको पहिलो प्रेम गीतले ३ हप्तामा ११ हजार बढी भ्यु पाएकोछ भने जन्मदिन सम्बन्धि गीतले ४ दिन १२ सय बढी भ्यु पाएकोछ। हिमालयन भाइब्स नामक युट्युब च्यानलबाट खनालले सिर्जना गरेका एआइ गित सुन्न सकिन्छ।
मानिसको भावना र समाजको चाहना बुझेर रचनात्मक हुन् सके एआइ जेनेरेटेड गीत पनि लोकप्रिय हुन् सक्छन भन्ने खनालले देखाएकाछन।
धरानबाट २० अघि बेल्जियम आएका खनालले प्रबिधि सम्बन्धि कुनै औपचारिक शिक्षा लिएका छैनन् तर नया कुरामा चासो र लगन लगाएकोले आफुले एआइ प्रयोग गर्न जानेको बताउछन।
एआइबाट गर्न सकिने धेरै कामको बारेमा आफुले जानेको कुरा शेयर गर्न पनि तयार रहेको उनको भनाइ छ।