बेल्जियमको इपर सहरमा आज भन्दा एक सय बर्ष अगाडी बेलायति सेना अन्तरगत रहेर युद्ध लड्दै गर्दा सहादत पाएका नेपाली सैनिकहरुलाई बेल्जियमको नेपाली समुदायले श्रद्धान्जली दिएकोछ।
पहिलो विश्वयुद्ध समाप्त भएको दिन हुने बिशेष समारोह संगै तमु समाज बेल्जियमको आयोजनामा नेपाली सैनिक स्मारकमा श्रद्धान्जली सभा आयोजना गरिएको थियो।
हरेक बर्ष ११ महिना ११ तारिख ११ बजेर ११ मिनटमा सुरु हुने राष्ट्रमण्डल स्मारक समितिको श्रद्धान्जली समारोहमा नेपालको प्रतिनिधित्व गर्नुभएकी बेनेलक्सका लागि नेपाली राजदुत सेवा लम्साल प्रमुख अतिथि रहनुभएको कार्यक्रम तमु समाज बेल्जियमका अध्यक्ष राम घलेको शभापतित्वमा भएको थियो।
कार्यक्रममा राजदुत लम्साल, समाजका अध्यक्ष घले र नेपाल आदिबासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष प्रबिना गुरुङ लगायतले नेपाली सैनिकहरुलाई पुष्पगुच्छा चढाएर श्रद्धान्जली दिनु भएको थियो ।
नेपाली राष्ट्रिय गीत बजाएर एक मिनट मौन धारण गरि बीर पुर्खाहरुलाई सम्मान गरिएको थियो ।सन् २००२ बाट नेपालीहरु इपर स्मारकमा श्रद्धान्जली व्यक्त गर्न जाने गरेकामा सन् २०१५ मा नेपाल सरकारले स्मारकको निर्माण गरे पछि तमु समाज बेल्जियमले श्रद्धान्जली शभाको आयोजना गर्दै आएकोछ ।
त्यस अघि बिभिन्न चरणमा यहाका जातिय संघ सस्न्था, राजदुताबास, एनआरएनए बेल्जियम लगायतले त्यहाँ नेपाली सैनिक स्मारक बनाउन अभियान चलाएका थिए । केहि बिबाद, छलफल र सहमति पछि दुताबासले नेपाली सैनिक स्मारक निर्माण गरेको हो। दुताबासका तत्कालिन उपनियोग प्रमुख कुमार खरेलको संयोजकत्वमा महेश थापा युबराज गुरुङ, बालेन्द्र गुरुङ लगायतको इपर अध्ययन समिति बनेको थियो।
भारतीय शिख रेजिमेन्टमा रहेर युद्ध लडेका नेपाली सैनिकहरुको थरको आधारमा बेल्जियमको नेपाली समुदाय, तमु समाज लगायतका जातीय संघ संस्थाहरुले नेपाली दुताबास मार्फत दाबि गरे पछि इपर स्मारक समितिले नेपाली सैनिकको रुपमा अभिलेखीकरण गरेकोछ।
प्रमुख अतिथि लम्साल, बिशेष अतिथि नेपाल आदिबासी जनजाति महासंघ बेल्जियमकि अध्यक्ष प्रविना गुरुङ, तामांग समाज बेल्जियम अध्यक्ष लालिंग तामांग, मोना बेल्जियम अध्यक्ष ज्ञान बहादुर रकाल,शेर्पा समाज बेल्जियम अध्यक्ष पिडि शेर्पा, नेपाली जनप्रगतिशिल मंच बेल्जियम अध्यक्ष मनिस गुरुङ, नेपाली जनप्रगतिशिल मोर्चा बेल्जियम अध्यक्ष मेख गुरुङ,मगर संघ बेल्जियम अध्यक्ष कल्पना मगर,तमु समाज बेल्जियमका निबर्तमान अध्यक्ष होम गुरुङ, नेपाली मिलन केन्द्र एन्तवेरपेनका अध्यक्ष कान्ति अधिकारी, ठकुरी समाज बेल्जियमका महासचिब दिपक शाह , नेपाल पत्रकार महासंघ बेल्जियम अध्यक्ष ओम शर्मा लगायतले बीर नेपाली सैनिकहरुलाई श्रद्धान्जली दिदै आज भन्दा सय बर्ष अघि सात समुन्द्र पारि आएर लडेका पुर्खाहरुको सम्झनामा नेपाली समुदायलाई एकजुट बनाएर कार्यक्रम गर्ने तमु समाज लगायत यो अभियानमा लाग्ने सबैलाई धन्याबाद दिनुभयो ।
बक्ताहरुले यो नोभेम्बर एघार मात्र नभएर अन्य अवसरमा पनि नेपालीहरुको सहादतको बारेमा बहस छलफल गरेर सम्बन्धित निकाय सहकार्य गर्न सुझाब दिनुभयो।
तमु समाजका अध्यक्ष राम घलेले उपस्थित अतिथिहरुलाई धन्यबाद दिदै सबैको सल्लाह अनुसार आगामी दिनमा नेपाली सैनिक स्मारकलाई ब्यबस्थित बनाउन पहल अग्रने बताउनुभयो।
तमु समाजका महासचिब कमल गुरुङले संचालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष चित्रजंग गुरुङले स्वागत मन्तब्य राख्नुभएको थियो ।