एन्तवेरपेनको लिंकरोभरमा भिषण आगलागी, ५ जनाको मृत्यु,

0

एन्तवेरपेनको लिंकरोभरमा बहुतले भवनमा आगलागी हुदा ५ जनाको ज्यान गएकोछ। बुधवार बिहान १० बजे सुरु भएको आगलागी नियन्त्रणमा लिईएकोछ।

करिब दुई सय जनालाई उद्दार गरेर अन्य स्थानमा राखिएकोछ। घाइतेहरु उपचार भैरहेकोले बास्तबिक पिडित कति छन् जानकारी लिने काम भैरहेको एन्तवेरपेन प्रहरीले बताएकोछ।

१० तले दुई भवन मध्ये एकमा बस्ने एन्तवेरपेन सहरका ९२ बर्षीय पूर्व मेयर बब कूल्स पनि घाइते भएकाछन। आगलागीको वास्तविक कारण पत्ता लागि सकेकोछैन तर बिजुली सर्तेज भएको आशंका गरिएकोछ।

एन्तवेर्पेन सहरका एल्स भान दोस्बुर्गले घटनास्थलको निरीक्षण गरेकिछिन। बेल्जियमका राजा फिलिपले अहिले साझ पांच बजे घटनास्थलको निरीक्षण गर्ने र आगलागी पिडितलाई राहत सहयोग गर्ने घोषणा गरेकाछन।

Leave A Reply

Your email address will not be published.