नेपालमा बर्तमान समय जेनजी समुहले सत्ता पलट गरेसँगै डायस्पोरामा समेत युवाहरुको सामाजिक क्षेत्रमा सहभागिता र सक्रियता बढ्न थालेकोछ।
नेपालमा जेनजी आन्दोलन पछि बेल्जियममा भएको अन्तराष्ट्रिय नेपाली कलाकार समाज इनास बेल्जियमको भरखरै सम्पन्न अधिबेशनबाट ब्रुजनिबासी रचना कँडेलको नेतृत्वमा इनास बेल्जियम कमिटी २०२५-२०२७ गठन भएको छ जसमा जेनजी पदाधिकारीहरुको बाहुल्यता देखिएको छ।
यस कमिटीका ग्लोबल प्रतिनिधी सदस्यका रुपमा ब्रुज निवासी आरती गुरुङ ,उपाध्यक्षमा एन्टवेर्पनिबासी सरिना पौडेल तथा ब्रुजनिबासी शुभम् अधिकारी चुनिनुभएको छ। त्यसैगरी महासचिबमा ब्रसेल्स निवासी एडिना केसी र सचिबमा ब्रुजनिवासी सुरेशा अधिकारी निर्वाचित हुनुभएकोछ । ब्रसेल्स निवासी हरि श्रेष्ठ प्रबक्तामा, ब्रुजनिवासी अविनाश कँडेल कोषाध्यक्षमा र एन्टवेर्प निवासी आरजु अधिकारी सह कोषाध्यक्षमा निर्वाचित हुनुभएकोछ।
कार्यक्रम संयोजकमा ब्रसेल्सनिवासी आचल श्रेष्ठ ,सदस्यमा एन्टवेर्पनिवासी रोशनी के सी, चोक्तेन लामा र रस्किन दाहाल , त्यसैगरी ब्रुजनिबासी संयोग थापा , प्रशान्त श्रेष्ठ ,आरोश खड्का,सुभिक्षा मल्ल र आरोही शर्मा साथै ब्रसेल्सनिवासी मोहन रोका, ललित गौतम ,लक्ष्मी बहादुर महर्जन ,लक्ष्मन गुरुङ पनि सदस्यमा निर्वाचित हुनुभएकोछ।
११/११ सार्वजनिक बिदाको अवसरमा भएको बुझबुझारथ,सपथग्रहण कार्यक्रम तथा पहिलो बैठकमा बेल्जियमको नेपाली कला क्षेत्रमा सक्रिया युबाहरुको सहभागिता रहेको थियो, जुन भविष्यका लागि सकारात्मक मानिएकोछ।
इनास बेल्जियमको सल्लाहकारमा एन्टवेर्पनिवासी टिका भट्टराई , ब्रुजनिवासी
सबिना महर्जन, कनोक्क निवासी प्रकाश महर्जन र अउदनार्द निवासी, इन्दिरा खनाल निर्वाचित हुनुभएकोछ।
कमिटीका संरक्षकमा संस्थापक अध्यक्ष श्याम श्रेष्ठ तथा निवर्तमान अध्यक्ष बिनिता रिमाल हुनुहुन्छ।
