एनआरएनए बेल्जियमले जाजरकोटमा दुई बर्ष अघि गएको भुकम्पले भत्काएको बिद्यालय भवन पुनर्निर्माण गरि हस्तातरण गरेकोछ। जाजरकोट जिल्लाको नलगाड नगरपालिका बाउसेखोलामा रहेको ज्ञानोदय प्राथामिक बिध्यालयलाई एनआरएनए बेल्जियमले तीन कोठे पक्कि भवन र दुई कोठे सौचालय बनाई हस्तान्तरण गरेको हो ।
बिद्यालय प्राङ्गणमा आयोजित समारोहमा एनआरएनए बेल्जियमका अध्यक्ष कमल पन्थी र निबर्तमान अध्यक्ष सीता सापकोटाले बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष पहलमान बोहरालाई बिद्यालयको साचो हस्तान्तरण गर्नु भयो ।
जाजरकोट जिल्ला समन्वय समितिका प्रमुख काली बहादुर सिंहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नलगाड नगरपालिकाले एनआरएनए बेल्जियमलाई सम्मानपत्र प्रदान गरेको थियो।
एनआरएनए बेल्जियमले उक्त बिद्यालयमा अध्यनरत ७७ बिध्यार्थिहरुलाई ७७ जोर न्यानो कपडा र एक थान कम्प्युटर पनि हस्तान्तरण गरेकोछ। संघका अध्यक्ष कमल पन्थी, निबर्तमान अध्यक्ष सीता सापकोटाले बिद्यालयका प्रधानाध्यापिका हजारी नेपालीलाई उक्त सामाग्री हस्तान्तरण गर्नु भयो ।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष पहलमान बोहराको शभापतित्वमा भएको कार्यक्रममा ,प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख काली ब, खत्री विशेष अतिथी नगर प्रमुख डम्बर रावत, उपप्रमुख देबका लामिछाने, प्रमुख जिल्ला अधिकारी राजु पौडेल अतिथीहरुमा जिसस सदस्य चित्र प्रसाद शर्मा,वडा अध्यक्ष बद्रि पन्त, नेका जिल्ला सचिब छवि पन्त, जिल्ला प्रहरी प्रमुख,जिल्ला शसस्त्र प्रहरी प्रमुख ,जिल्ला अनुसन्धान प्रमुख,कबिता नेपाल लगायत जग्गादाता,शिक्षक,अभिभावक ,पत्रकार,विद्यार्थीहरुको उपस्थिति रहेको थियो। अतिथिहरुलाई स्वागत बिद्यालयकि प्रधानाध्यापिका हजारी परियारले गर्नु भएको थियो।
जिल्लाका अग्रज एबम अतिथिहरु जिसस प्रमुख काली बहादुर खत्री, मेयर डम्बर रावत ,प्रमुख जिल्ला अधिकारि राजु पौडेल, नेका जिल्ला सचिब छवि पन्त, हेमन्त बोहरा, भुकम्प प्रभावित बिद्यालयको भवन निर्माण गरि बालबालिकाको सहज अध्ययनका लागि सुबिधा प्रदान गर्नु भएकोमा एनआरएनए लगायत बेल्जियमको नेपाली समुदायलाई धन्यबाद दिनुभयो।
एनआरएनए बेल्जियमको सहयोगले स्थानीय समुदायमा शिक्षा र विकासप्रतिको आशा जगाउने काम एनआरएनए बेल्जियमले गर्न पाएकोमा खुसि व्यक्त गर्दै अध्यक्ष पन्थी र निबर्तमान अध्यक्ष सापकोटाले यसको स्थानीय ब्यबस्थापनका लागि बिशेष सहयोग गर्नु हुने जिसस सदस्य चित्र प्रसाद शर्मा, वडा अध्यक्ष बद्रि पन्त र बेल्जियमबाट सहजीकरण गरिदिनुहुने पत्रकार ओम शर्मालाई धन्यबाद ज्ञापन गर्नु भएकोछ।
बिशेष गरि बेल्जियमको नेपाली समुदाय, च्यारिटी कार्यक्रम संयोजक योगेन्द्र श्रेष्ठ लगायत सम्पूर्ण कार्यसमितिका पदाधिकारीहरु प्रति पनि यो पुण्य काममा हातेमालो गर्नु भएकोमा आभार प्रकट गर्नुभएकोछ।



