युरोपका ११ टिमले खेल्दैछन मोना बेल्जियमले आयोजना गरेको भलिबल, महिला टिमको हुनेछ छुट्टै भिडन्त,

0

म्याग्दी प्रवासी नेपाली संघ (मोना) बेल्जियमले जुन २८ मा आयोजना गरेको भलिबल प्रतियोगितामा ११ वटा टिमले भाग लिने भएकाछन। बेल्जियमको एन्तवेरपेन सहरमा आइतबार हुने खेलमा पुरुषहरुका ११ वटा टिम संगै महिला खेलाडीहरुको छुट्टै प्रतिष्पर्धा हुने भएकोछ।

कार्यक्रमको तयारी पुरा भएको जानकारी गराउदै मोनाले आज प्रतियोगीताको लागि सहभागी टिमको टाइसिट तयार गरेर लाइभ गरेकोछ।

सो अनुसार समुह ए मा २ दुइ टिम र बि, सी र डि मा तीन तीन टिमले खेल्नेछन, त्यस पछि बिजेता टिम बीच प्रतिस्पर्धा हुनेछ। बेल्जियम लगायत डेनमार्क फ्रान्सका भलिबल टिम खेल्नका लागि चयन भएकाछन।

 

मोना बेल्जियमका अध्यक्ष ज्ञान बहादुर रकालले बेल्जियमबासि नेपाली समुदायलाई सधैझैँ यस पटक पनि खेल प्रतियोगितामा उपस्थित भएर खेलाडीहरुको हौसला बढाईदिन अनुरोध गर्नुभएकोछ ।

Leave A Reply

Your email address will not be published.