अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबलको अध्यक्षमा बेल्जियमका ब्यबसायी एबम कलाकार अर्जुन काफ्ले निर्वाचित भएका छन्।
काठमाडौंमा सम्पन्न इनासको छैटौँ महाधिवेशनबाट आगामी दुइ बर्षका लागि काफ्ले अध्यक्ष निर्वाचित भएका हुन्।
३५ वर्ष अघि युरोप आएका काफ्ले स्पेन हुदै हाल बेजियममा रेस्टुरेन्ट व्यवसाय गर्छन। एनआरएनए स्पेनका पूर्व अध्यक्ष समेत रहेका उनि प्रवासी नेपालिहरुको लगानी रहेको ‘ओम मेगाश्री फर्मास्युटिकल्स’ कम्पनीका संस्थापक निर्देशक समेत हुन्।
इनासका नबनिर्बाचित अध्यक्ष काफ्लेले विदेशमा रहेको नेपालि समुदायको कला, संस्कृति, भाषालाई संरक्षण गरि सांस्कृतिक एकता कायम गर्दै नेपाली पहिचानलाई सम्बृद्ध बनाउन इनासको नयाँ टिम लाग्ने प्रतिबद्धता जाहेर गरेकाछन ।
इनासको ग्लोबल समितिको नयाँ कार्यसमितिको उपाध्यक्षहरूमा मित्रलाल पार्दे (पोल्याण्ड), राधा क्षेत्री (अमेरिका), राजमान तामाङ (डेनमार्क), कुल राज थापा (नेपाल) चयन भएका छन्। महासचिवमा प्रकाश तिवारी (आइसल्याण्ड), प्रवक्तामा आनन्द लामा (अमेरिका), सचिवमा कृष्ण श्रेष्ठ (अमेरिका), कोषाध्यक्षमा रूपा न्यौपाने (नेपाल) र सह–कोषाध्यक्षमा कन्हैया सिंह परियार (अमेरिका) निर्वाचित भएका छन्।
यस्तै, युरोप क्षेत्रीय समन्वय समितिको संयोजकमा सुनिल गुरूङ (जर्मनी), युरोप क्षेत्रीय संयोजकमा श्याम श्रेष्ठ (बेल्जियम) तथा उत्तर अमेरिका क्षेत्रीय संयोजकमा राहुल केसी (अमेरिका) चयन भएका छन्।