अन्तर्राष्ट्रिय स्याङ्जा सहयोग समाज बेल्जियमको चौथो अधिबेशन सम्पन्न, हुमनाथ पाण्डेको नेतृत्व मा नयाँ कार्यसमिति ,
अन्तर्राष्ट्रिय स्याङ्जा सहयोग समाज, बेल्जियमको चौथो अधिबेशनले नयाँ कार्यसमिति चयन गरेकोछ ।
अधिबेशनमा उपस्थित स्याङ्गजाबासीहरुले अध्यक्ष : हुमनाथ पाण्डे, वरिष्ठ उपाध्यक्ष : गणेश अधिकारी, उपाध्यक्षहरू : सुन्दर पौडेल, नरेन्द्र अधिकारी, दिनेश पौडेल,महिला उपाध्यक्ष : दुर्गा भट्टराई, महासचिव : मोहन शर्मा,सचिव : मोहन पौडेल, सहकोषाध्यक्ष : निर्मला गौचन, सदस्यहरू : ऋतुराज काफ्ले, दिलिप पौडेल, बासु शर्मा सिग्देल, सुन्दर श्रेष्ठ, राजेश सेन, लक्ष्मी लम्साललाई निर्बिरोध निर्बाचित गरेकाछन्।
सल्लाहकार परिषद् पाँच सदस्यीय रहनेछ। हलबाट श्याम गुरुङ र नवीन गुरुङ चयन गरिएकोछ र बाँकी तीन जना थप गर्दै परिषद् पूरा गर्ने प्रतिबद्धता गरिएको छ
।
अधिबेशन उद्घाटन कार्यक्रममा प्रमुख अतिथि समाजका संरक्षक तथा केन्द्रका सल्लाहकार ध्रुवराज पौडेल , विशिष्ट अतिथि नेपाली राजदूतावास बेल्जियम बेनेलक्सका द्वितीय सचिव रमेश गैरेको हुनुहुन्थ्यो । निर्वाचन समितिको संयोजन केन्द्रका सल्लाहकार रामचन्द्र शर्माले गर्नुभएको थियो।
कार्यक्रमका क्रममा निवर्तमान अध्यक्ष नवीन गुरुङ र संस्थाको स्थापना कालदेखि निरन्तर योगदान पुर्याउँदै हाल वरिष्ठ उपाध्यक्षमा निर्वाचित गणेश अधिकारीलाई सम्मान पत्र प्रदान गरिएको थियो। त्यस्तै, राजदूतावासका द्वितीय सचिव रमेश गैरेलाई पनि सम्मान गरिएको थियो।
बेल्जियमस्थित विभिन्न क्षेत्रीय संस्थाका प्रतिनिधिहरू तथा अध्यक्षहरूको उपस्थिति रहेको कार्यक्रममा केही संस्थाका पदाधिकारीहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा सञ्चालन केन्द्रका सल्लाहकार मिनबहादुर क्षेत्रीले गर्नुभएको थियो।
अन्तर्राष्ट्रिय स्याङ्जा सहयोग समाजले हालसम्म विश्वका करिब ३० देशमा राष्ट्रिय समन्वय समिति (NCC) गठन गरिसकेको छ। दुई महिनाअघि जुन २९–३० का दिन बेल्जियमको एन्ट्वर्पेन शहरमा सम्पन्न “दोस्रो युरोप भेला” भव्यताका साथ सम्पन्न भएको थियो, जसमा विश्वभरका स्याङ्जालीहरूको उल्लेखनीय उपस्थिति थियो।
सन् २०१५ बाट सुरु भई २०१९ देखि औपचारिक कार्यसमिति मार्फत सक्रिय रहँदै आएको समाजले यसपटक चौथो कार्यसमिति पाएको छ। स्याङ्गजाबासीले नवनिर्वाचित अध्यक्ष हुमनाथ पाण्डेसहित सम्पूर्ण पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेकाछन ।