बेल्जियममा ११२ औं विपी जयन्ती तथा संविधान दिवस सम्पन्न,

0

एन्तवेरपेन बेल्जियम।

नेपाली जनसम्पर्क समिति बेल्जियमले ११२ औं विपी जयन्ती तथा संविधान दिवसको अवसर पारेर विशेष कार्यक्रम आयोजना गरि बर्तमान परिस्थितिमा संबिधान रक्षा र जनचाहना पुरा गर्न आबस्यक राजनीतिक ब्यबस्था बिषयमा छलफल गरेकोछ । “नेपाल अधिराज्यको गणतान्त्रिक संविधान २०७२ को संरक्षण र अग्रगमन” भन्ने मूल नाराका साथ भएको उक्त कार्यक्रममा, बदलिँदो परिस्थितिमा राष्ट्र पुनर्निर्माणका निम्ति जनसम्पर्क समितिको भूमिकाबारे विस्तृत छलफल गरिएको थियो।

कार्यक्रमको सुरुमा नेपाल लोकतान्त्रिक आन्दोलनका अग्रदूत  बिपी कोइराला लगायतका सहिदहरु र जेनजी सहिदहरूको स्मृतिमा मौन धारण गरिएको थियो। साथै दीप प्रज्वलन गरि शहीदहरूलाई उच्च सम्मान प्रकट गरिएको थियो।

समितिले कार्यक्रममा एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसिसी) मा सल्लाहकार मनोनित हुनुभएका सुबाश जोशी तथा एनआरएनए राष्ट्रिय समन्वय परिषद् (एनसिसी)निर्वाचित अध्यक्ष कमल पन्थी, एन्तवेर्पेन संयोजक राजन घिमेरे, सदस्य राधाकृष्ण अधिकारी  लगायतलाई  विशेष सम्मान गरिएको थियो।

सोहि अवसरमा भर्खरै नेपालबाट बेल्जियम उच्च शिक्षा हासिल गर्न आएका विद्यार्थीहरूलाई समेत स्वागत गर्दै उज्ज्वल भविष्यको शुभकामना दिइएको थियो। समितिले विद्यार्थीहरूको शैक्षिक यात्रा सहज बनाउन आवश्यक सहयोग र साथ सधैं रहने प्रतिवद्धता पनि जनाएको छ।

कार्यक्रममा उपस्थित वक्ताहरूले नेपालमा स्थायी शान्ति, लोकतान्त्रिक अभ्यासको संस्थागत विकास तथा संविधानको संरक्षण र कार्यान्वयनमा नेपाली जनसम्पर्क समितिको सुझाब महत्त्वपूर्ण हुनेमा जोड दिएका थिए।

उनीहरूले प्रवासमा रहेका नेपालीहरूको एकता, सहकार्य र आवधिक निर्बाचनमा सहभागिता मार्फत मुलुकको विकास र पुनर्निर्माण प्रक्रियामा योगदान पुर्‍याउन सकिने विचार व्यक्त गरे। साथै जेंजी आन्दोलन का क्रममा भएको हत्या र विध्वंशको स्वतन्त्र छानबिन गरि दोषीमाथि कारबाही हुनु पर्ने माग गरिएको थियो ।

समितिका पूर्व अध्यक्ष एबम एनआरएनए आइसीसी सल्लाहकार सुबाश जोशी ,प्रबक्ता गंगाधर गौतम एबम एनसीसी बेल्जियम निबर्तमान अध्यक्ष सीता सापकोटा लगायत कार्यक्रममा उपस्थित सबैले बर्तमान अबस्थामा राजनीतिक सुद्धिकरण र सामाजिक न्यायका लागि नेपालको आगामी कदम कस्तो हुनुपर्छ भनेर सुझाब दिनुभएको थियो।

समितिका शभापति सुभाष गुरुङको सभापतित्वमा भएको कार्यक्रमको संचालन महामन्त्री प्रकाश गिरीले गर्नुभएको थियो। समितिका अर्का महामन्त्री गोबिन्दशिंह अधिकारीले अतिथिहरुलाई स्वागत गर्नुभएको थियो।

कार्यक्रममा समितिले ओखल्धुङ्गामा शैक्षिक सहयोगका लागि गरेका परोपकारी बार्बक्यु कार्यक्रम, जससको युरोप भेला लगायतका कार्यक्रमको समिक्षापनि गरिएको थियो।

Leave A Reply

Your email address will not be published.