सामाजिक काममा सक्रिय गोरखा समाज बेल्जियमले गत अगस्ट ४ गते सोमबार बेल्जियमको लुभेन शहरमा परोपकारी कोष निर्माणका लागि गरेको समर बार्बेक्यु कार्यक्रमबाट संकलन भएको रकम बिभिन्न ठाउका बिपन्न एबम अति आबस्यक भएका व्यक्ति परिवार, संघ संस्थालाई सहयोग गर्ने निर्णय भएकोछ।
समाजले आयोजना गरेको उक्त कार्यक्रममा उल्लेख्य संख्यामा नेपाली समुदायको उपस्थिति रहेको थियो। सहभागीहरूबाट प्राप्त सहयोगले समाजलाई भविष्यमा सामाजिक तथा परोपकारी गतिविधि सञ्चालनमा थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।
यसैबीच, कार्यक्रमको उपलब्धि, समीक्षा तथा प्राप्त सहयोग अनुरोधहरूलाई कार्यान्वयन गर्ने उद्देश्यले गोरखा समाज बेल्जियमको सेप्टेम्बर १५ गते सोमबार बसेको बैठकले केही महत्वपूर्ण निर्णय गरेको छ। बैठकले समाजमा प्राप्त अनुरोध अनुसार विभिन्न व्यक्तिहरूलाई सहयोग गर्ने निर्णय गरेकोछ ।
समाजका पदाधिकारीहरूले बेल्जियममा रहेका नेपाली समुदायबीच एकता, सहयोग र सामाजिक उत्तरदायित्वको भावना प्रवर्द्धन गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
बैठकले निम्नानुसार सहयोग गर्ने निर्णय गरेकोछ ।
१. गोरखा नगरपालिका १० बिरिन्चोक निबासी कृश पौडेललाई रुपैया ५०,००० (पचास हजार)
२. गोरखा नगरपालिका १० बिरिन्चोक निबासी दिपा थापा पुलामीलाई रुपैया ५०,००० (पचास हजार)
३. गोरखा नगरपालिकामा अबस्थित बाल्मन्दिरमा रहेका बालबालिकालाई सहयोग स्वरुप रुपैया १,००००० ( एक लाख)
४.गोरखा जिल्ला पालुङटार नगरपालिका ७ निबासी उज्जन थापा मगरलाई रुपैया ५०,०००(पचास हजार )
५.गोरखा जिल्ल पालुङटार नगरपालिका ७ निबासी नबिना थापालाई रुपैया ५०,०००(पचास हजार)
६.गोरखा जिल्ला आरुघाट गाउपालिका ४ निबासी शंकर गुरुङ्गलाई रुपैया १,०००००(एक लाख)
७ गोरखा जिल्ला धार्चे गाउपालिका हुल्चुक निबासी पुर्ण गुरुङ्गलाई रुपैया १,०००००(एक लाख)
८.गोरखा जिल्ला आरुघाट गाउपलिका ७ आरुपोखरी निबासी उमाकान्त खनाललाई रुपैया १,०००००(एक लाख)
समर बार्बेक्यु कार्यक्रम र दोश्रो अधिबेशन सम्पन्न गर्नको लागि सन्कलित रकमबाट जम्मा भएको युरो ४५२५ (चार हजार पाचसय पचिस युरो) मध्यबाट यो सहयोग गरिएको हो ।
उक्त समर बार्बेक्यु कार्यक्रममा उपस्थित भएर सहयोग गरिदिनु हुने सम्पुर्ण दाजुभाइ तथा दिदीबहिनीहरु तथा सहयोग रकमलाई सम्बन्धित ब्यक्तिलाई हस्तान्तरण गर्न सहयोग गर्नुहुने सम्पुर्ण ब्यक्तित्वहरुमा गोरखा समाज बेल्जियमले हार्दिक धन्यवाद ज्ञापन गरेकोछ।
