प्रवासी नेपाली मंच बेल्जियमले आफ्नो आठौं अधिवेशन आगामी मे ३१, २०२६ मा आयोजना गर्ने भएको छ।
“सबल प्रवासी, समृद्ध नेपाल” भन्ने मूल नारासहित आयोजना हुन लागेको अधिवेशन बेल्जियममा रहेका नेपाली समुदायबीच एकता, सहकार्य र सामाजिक उत्तरदायित्वलाई बढाउने र देशको परिबर्तित अवस्था अनुसार पार्टीलाई जनउत्तरदायी बनाउन सहयोग पुग्ने नीति र कार्यक्रम ल्याउने गरि हुन लागेको संगठनले जानकारी गराएकोछ।
अधिवेशनमा बेल्जियमका विभिन्न क्षेत्रबाट नेपाली समुदायका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा युवाहरूको सहभागिता रहने अपेक्षा गरिएको छ भने प्रमुख अतिथिको रुपमा नेकपा एमाले केन्द्रीय सदस्य घनश्याम पाण्डेले अधिबेशनको सुपरिवेक्षण गर्नु हुनेछ।
मंचका सचिब बुद्दि बरालका अनुसार संगठनको भावी कार्ययोजना, प्रवासी नेपालीका समस्या तथा नेपालसँगको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल गरिनेछ।
अधिवेशनले बेल्जियममा रहेका नेपाली समुदायलाई अझ संगठित बनाउँदै नेपालको सामाजिक, आर्थिक तथा सांस्कृतिक विकासमा प्रवासी नेपालीको भूमिका सशक्त बनाउने विश्वास लिइएको छ।
ओसिस स्त्रात ३३ एन्तवेरपेनमा बिहान ११ बजे बाट हुने अधिबेशनमा बेल्जियम स्थित समुदायका सबै संघ संस्थाको प्रतिनिधित्व गरिदिन प्रवासी नेपाली मंच बेल्जियमका अध्यक्ष बिनोद न्यौपानेले अनुरोध गर्नु भएकोछ।