बेल्जियममा तमु समाजको १३ औ अधिबेशन सम्पन्न , राम घलेको नेतृत्वमा नयाँ कार्यसमिति चयन,

0

बेल्जियमका नेपाली समुदायको सबै भन्दा जेठो संस्था तमु समाज बेल्जियमको अध्यक्षमा राम घले निर्बाचित भएकाछन। सानो ‘राम घले’ भनेर चिनिएका घलेको नेतृत्वमा उपाध्यक्षहरुमा अनिता घले, सुर्य बहादुर गुरुङ, बाबिता गुरुङ र चित्र जंग गुरुङ, महासचिवमा यम कुमारी गुरुङ ( उमा , सचिवमा श्री कमल गुरुङ, कोषाध्यक्षमा ईश्वरी गुरुङ्ग , सह-कोषाध्यक्षमा मीना गुरुङ र सदस्यहरुमा, जीवन्ति गुरुङ, लेख राज गुरुङ, राज कुमार गुरुङ, अन्जना गुरुङ, तारा गुरुङ रहनुभएकोछ ।

हिजै भएको समाजको १३ अधिबेशनलाई बिभिन्न संघ संस्थाका पदाधिकारीहरु र समाजका पूर्व अध्यक्ष एबम अग्रजहरुले सफलताको शुभकामना दिएका थिए ।

समाजका अध्यक्ष होम गुरुङको शाभापतित्वमा भएको कार्यक्रमको आदिबासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष प्रबिना गुरुङ प्रमुख अतिथि हुनुहुन्थ्यो। कार्यक्रम संचालन उपाध्यक्ष चित्र गुरुङ र स्वागत उपाध्यक्ष राम घलेले गर्नु भएको थियो ।

केहि दिन पहिले स्थापनाको २५ बर्ष पुरा गरेर रजत महोत्स्हब मनाएको समाजको नयाँ नेतृवले आगामी दिनहरूमा भाषा, संस्कृति, कला र सामाजिक सेवाका क्षेत्रमा थप क्रियाशील भएर काम गर्ने नबनिर्बाचित अध्यक्ष राम घलेले बताउनु भएकोछ ।

 

Leave A Reply

Your email address will not be published.