गोरखा समाज बेल्जियमको दोश्रो अधिबेशन सम्पन्न, रमेश कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति,

0

२९ जुन २०२५, बेल्जियम

“व्यक्तिगत प्रगति र सम्वृद्धि संगै सामाजिक दायित्वलाई मनन गरौं” भन्ने नाराका साथ गोरखा समाज बेल्जियमले संस्थाको दोस्रो अधिवेशन भव्य रूपमा सम्पन्न गरेकोछ । समाजका अध्यक्ष राम घलेका अध्यक्षतामा सम्पन्न अधिवेशनमा बेल्जियमबासि गोरखाली समुदायका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा समाजका सल्लाहकारहरू प्रेम गुरुङ्ग, विष्णु भुजेल, विनोद न्यौपाने र मदन दवाडीले समाजको भूमिका र महत्वबारे चर्चा गर्दै अधिवेशनको सफलताको शुभकामना व्यक्त गरे।

समाजका महासचिव तेज नेपालीले कार्यक्रम सञ्चालन गर्दै संस्थाको प्रगति प्रतिवेदन तथा विधान प्रस्तुत गरेका थिए, जसलाई अधिवेशनले सर्वसम्मतिले पारित गरेको छ। त्यसपछि रमेश कार्कीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरिएको हो।

नव-निर्वाचित कार्यसमितिको अध्यक्ष: रमेश कार्की, उपाध्यक्ष: हरि थापा, ईश्वर भट्ट,महासचिव: सविन न्यौपाने, सचिव: सुमित्रा घिमिरे, कोषाध्यक्ष: दीपक भट्टराई तथा
सदस्यहरुमा अर्जुन तिवारी, कृष्चल घले, कृष्ण ढकाल, सर्केस गुरुङ्ग, राम प्रसाद भट्ट चयन हुनु भएकोछ ।

अधिवेशनले समाजका संस्थापक सदस्यहरूका रूपमा राम घले मान्वु, विष्णु भुजेल, प्रेम गुरुङ्ग, विनोद न्यौपाने, मदन दवाडी, तेज नेपाली, राम घले वार्पाक, अमर राणा, मन कुमारी घले, निर्मला अधिकारी बजगाई र प्रेम प्रधानलाई मान्यता दिएको छ।

त्यसैगरी, सल्लाहकारहरूमा अर्जुन अधिकारी, रुपेश श्रेष्ठ, गोपाल रेग्मी, विनिता रेग्मी खनाल, इन्द्र न्यौपाने र शम्भु भट्टलाई चयन गरिएको छ।

अधिवेशनको अवसरमा नेपालबाट हाल बेल्जियममा रहनु भएका वुवा ठाकुर प्रसाद रेग्मी, आमा पवित्रा रेग्मी र आमा पुष्पा न्यौपानेलाई विशेष सम्मान गरिएको थियो।

बेल्जियममा रहेका गोरखालीहरू समुदाय बीच एकता, समृद्धि र सामाजिक उत्तरदायित्व प्रतिको प्रतिबद्धतालाई अझ सशक्त बनाउन अधिबेशनमा सुझाब र जिज्ञाशा सहित छलफल गरिएको गोर्खाली समाजका अग्रजहरुले बताउनुभएकोछ।

निबर्तमान अध्यक्ष राम घलेले आफ्नो कार्यकालमा गरिएका सहयोग र गतिविधिमा सफल बनाउने सबैलाई धन्यबाद दिनुभएकोछ भने नबनिर्बाचित अध्यक्ष कार्कीले अग्रजहरुको सल्लाह सुझाब अनुसार जिल्लाको बिकास र संवृद्धि का लागि हातेमालो गर्ने बताउनु भएकोछ।

Leave A Reply

Your email address will not be published.