NRNA निर्वाचनमा युवाको भूमिका र उत्तरदायित्व, – सरोज आचार्य,

नेपाली डायस्पोराको अबको दिशा के?

0

“दाइ, राजनीति नबोल्नुस् न… हामीलाई त्यो कुरामा चासो छैन!
युवाहरूको मुखबाट बारम्बार सुन्न पाइने यस्तो वाक्य,
तर जब गैरआवासीय नेपाली संघ (NRNA) को निर्वाचन नजिकिन्छ, ती युवाहरू पनि मतदानमा सहभागी हुन्छन्।

केही यस्ता क्रियाकलापहरू देखिन्छन्, जसले चुनावलाई उत्सवमय बनाउन खोजे जस्तो देखिए पनि,
त्यसले मतदाता मनोविज्ञानमा अनावश्यक प्रभाव पार्ने सम्भावना रहन्छ।
संवेदनशील प्रक्रियामा यस्ता असरहरू संस्थाको विश्वसनीयता र उद्देश्यप्रति प्रश्नचिन्ह उठाउने खतरा हुन सक्छ।
NRNA को भूमिका – अझ स्पष्ट हुन जरुरी छ
NRNA को मूल लक्ष्य भनेको:
विदेशमा रहेका नेपालीहरूको हक–अधिकारको संरक्षण,
नेपालसँग सम्बन्ध बलियो बनाउने,
र आवस्यक परे नीति निर्माणमा योगदान दिने हो।
तर हाल NRNA को गतिविधि प्राय: नेपाल केन्द्रित विकास कार्यमा सीमित देखिन्छ।
बेल्जियममा रहेका नेपालीहरूको दैनिक जीवनका समस्या,
जस्तै:
आवास र कानुनी प्रक्रिया,
सामाजिक सुरक्षा,
भाषा, रोजगारी र सूचना अभाव —
यी विषयमा ठोस काम भएको अनुभव छैन।
NCC Belgium ले बेल्जियमको सन्दर्भमा स्पष्ट रणनीति सहित काम गर्नु आजको आवश्यकता हो।
Dual Citizenship: आदर्श कि भ्रम?
नेपाल सरकारले गैरआवासीय नेपालीहरूलाई सीमित अधिकार सहितको NRN नागरिकता दिने प्रक्रिया अघि बढाएको छ।
तर हालसम्म यसले राजनीतिक अधिकारहरू समेटेको छैन।
अर्थात्, नेपालमा हामी भोट दिन र उम्मेदवार बन्न पाउँदैनौं।
त्यसैले, “एक पटक नेपाली, सधैं नेपाली” भन्ने नारा पूर्ण रूपमा सार्थक हुन अझै बाँकी छ।
यति हुँदाहुँदै पनि, NRNA जस्तो संस्थामा नेतृत्व लिनु भनेको, जहाँ भए पनि नेपाली समुदायप्रति उत्तरदायित्व बोक्नु हो।
अब युवाहरूको उत्तरदायित्व
युवाहरूको सक्रियता विना कुनै संस्था लामो समय सशक्त बन्न सक्दैन।
राजनीति भन्नेबित्तिकै पछि हट्ने होइन,
बुझेर, सोचेर, जिम्मेवार ढंगले सहभागी हुने संस्कृति विकास गर्नुपर्छ।
नेतृत्व छनोट केवल प्रचार वा साइनबोर्डको विषय होइन,
हाम्रो समुदायको नीति, पहिचान र भविष्यको दिशा तोक्ने कार्य हो।
अन्त्यमा: नेपाली समाजलाई एकता र उत्तरदायित्वको आवश्यकता छ
NRNA हाम्रो नेपाली डायस्पोराको प्रतिबिम्ब हो।
यसले केवल नेपालमा मात्र होइन, हामी बसोबास गर्ने देशहरूमा पनि नेपालीहरूका समस्या र सम्भावनालाई प्रतिनिधित्व गर्नुपर्ने हो।
NRNA लाई सशक्त बनाउन हामी सबैको जिम्मेवारी बराबरी हो।
खासगरी, युवा पुस्ताले आफूलाई दर्शक होइन, परिवर्तनको अगुवा बनाउनु पर्छ।
“चुनाव केवल उम्मेदवारको जित–हार होइन,
हाम्रो चेतना र जिम्मेवारीको प्रतिबिम्ब हो।

आचार्य , हाम्रो परिवार vzw अध्यक्ष, NRNA NCC बेल्जियमका सदस्य हुन,

Leave A Reply

Your email address will not be published.