नेपाली ब्यबसायी संघ बेल्जियम र होरेका फ़्लान्दरन बीच सहकार्य गर्ने समझदारी, ३० जुनमा लुभेन नगरपालिकामा सम्झौता सार्बजनिक गरिने,
बेल्जियममा ब्यबसाय गर्ने नेपालीहरुको संस्था नेपाली व्यवसायी संघ बेल्जियम र बेल्जियमका होटेल,रेस्टुरेन्ट र क्याफे ब्यबसायीहरुको महासंघ होरेका फ्लान्दरन सहकार्यका लागि सम्झौता भएकोछ।
उक्त महत्वपुर्ण सहकार्यको समझदारी पत्रको सार्वजनिक घोषणा लुभेन नगरपालिकाको आयोजनामा बिशेष कार्यक्रमका बीच ३० जुन २०२५, सोमबार साँझ १८:०० बजे लुभेन नगरपालिका कार्यालयमा गरिने भएको छ।
होरेका फ्लान्दरण, नेबाब र नगरपालिका गरि करिब ५0 जनाको सहभागितामा हुने कार्यक्रममा वाकिङ डिनर सहित अन्तरक्रिया र समझदारीबारे जानकारी गराइने नेबाबका अध्यक्ष चिरन कुमार खवासले बताउनु भएकोछ ।
होरेका फ़्लान्दरनका कार्यकारी निर्देशक माथियास क्लाउस, नेबाबका अध्यक्ष चिरन खवास, लुभेन नगरपालिकाका उपमेयर दिर्क भान्सिना र लालिन वादेराले उक्त सहमति र अन्य ब्यबसायिक नीति नियम बारे जानकारी गराउनुहुनेछ । कार्यक्रममा लुभेन नगरपालिका प्रमुख मोहम्मद रुदवानीको बिशेष उपस्थिति रहनेछ।
लामो छफल र बैठकपछि भएको द्विपक्षीय सहमतिले नेपाली व्यवसायीहरुले बेल्जियममा भोगिरहेका कानुनी झमेलाहरू, भाषा सम्बन्धी समस्या र व्यवसाय सञ्चालनका लागि आवश्यक तालिमहरूमा होरेका फ्लान्दरनले नेबाबलाई सहयोग गर्नेछ।
यो सहकार्य मार्फत नेपाली ब्यबसायीहरुलाई आइपर्ने समस्याहरू समाधान गर्दै व्यवसायमैत्री वातावरण बनाउन सहयोग पुग्ने नेबाबको बिस्वास रहेकोछ ।
नेपाली ब्यबसायी संघ बेल्जियमले आफ्ना सदस्यहरुका लागि आबस्यक तालिमहरु, ठुला कम्पनीहरुसंग सहुलियतका लागि लबिङ्ग गर्ने र ब्यबहारिक अनुभब आदानप्रदान गर्ने
गरेकोछ ।
आप्रबासी ब्यबसायीहरुलाई पर्ने व्याबहारिक समस्या निराकरण र आधुनिक प्रबिधियुक्त ब्यबसाय गर्नका लागि होरेका फ़्लान्दरनसंग भएको नेबाबको सम्झौता फलदायी हुने नेपाली ब्यबसायीहरुले बिश्वास लिएकाछन।
होरेका फ्लान्दरनले नेपाली व्यवसायीहरूलाई मान्यता दिएर सहकार्य गर्नु गर्वको बिषय भएको नेपाली ब्यबसायी संघ बेल्जियमले सार्बजनिक गरेको यस सम्बन्धि जानकारीपत्रमा उल्लेख गरिएकोछ।
३० जुनमा हुने कार्यक्रममा सहभागी हुनका लागि संघका अध्यक्ष चिरन खवास र सचिव बाबुराम शर्मालाई समयमै नाम दर्ता गराउन अनुरोध गरिएकोछ। सोका लागि गूगल फर्म वा सिधै अध्यक्ष खवास र सचिब शर्मासंग सम्पर्क सकिनेछ।
https://docs.google.com/forms/d/e/1FAIpQLSeOknU-aQKgo64ZnpTor3LqvUvG1KhMwFt9iEAV85oL_T8Cbg/viewform?usp=sharing&usp=embed_facebook