प्रवासी नेपाली मंच बेल्जियमको स्मारिका “प्रवास संग्रह” को बिमोचन सम्पन्न,

0

प्रवासी नेपाली मंच बेल्जियमले स्थापनाको दुई दशक अबधिमा भएका संगठनका महत्वपूर्ण दस्ताबेज समेटेर प्रकाशन गरेको स्मारिका “प्रवास संग्रह”को बिमोचन भएकोछ।

आइतबार बेल्जियममा बिशेष समारोहका बिच नेकपा एमालेका केन्द्रिय सदस्य एबम युरोप अमेरिका इन्चार्ज घनश्याम पाण्डे,  बेनेलक्सका लागि नेपाली राजदुत सेवा लम्साल, प्रवासी नेपाली मंच अन्तरास्ट्रिय कमिटिका अध्यक्ष संजय थापा,सचिब हेम शेर्पा, युरोप अध्यक्ष मुक्त गुरुङ, सचिब शालिक थपलिया,युरोप इन्चार्ज भक्त वाग्ले, र बेल्जियम अध्यक्ष बिनोद न्यौपाने लगायतका बिशिष्ठ अतिथिहरुले प्रवास संग्रहको लोकार्पण गर्नु भएको हो ।

प्रवासी नेपाली मंच बेल्जियमको स्थापना भए पछि हाल सम्म निर्बाचित भएका कार्यसमितिको बारेमा र संगठनले गरेको बिशेष सामाजिक र राजनीतिक विवरण समेटिएको स्मारिका अब आउने नेतृत्व र संगठनका शुभचिन्तकहरुका लागि इतिहासको दस्ताबेज बनोस र भोलिको पुस्ताले पनि हामीले गरेका संघर्ष, भोगेका दुख र प्रगतिका कथा थाहा पाउन भनेर सानो भए पनि स्मारिका प्रकाशन गरेको मंचका अध्यक्ष बिनोद न्यौपानेले बताउनुभएकोछ।

प्रवासी नेपाली मंच बेल्जियमका हालसम्म निर्बाचित ८ वटा कार्य समिति र दुई वटा आन्तरिक पार्टी समितिका पदाधिकारिहरुको विवरण, प्रधानमन्त्री एबम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, संचारमन्त्री पृथ्बी सुब्बा गुरुङ, बेनेलक्सका लागि नेपाली राजदुत सेवा लम्साल, पेभेदेआ नेता पेतर मार्तेनस लगायतको शुभकामना संदेश संगै दोश्रो पुस्ताकि संजीवनी न्यौपाने देखि बेल्जियमका संघ संस्था एबम अग्रजहरुका संस्मरण स्मारिकामा संकलित भएकाछन् ।

बेल्जियमका संघ संस्थाहरुका सामाजिक गतिबिधि, राजनीतिक, बैचारिक र सामाजिक अभियान उलेख्य रुपमा भए पनि त्यसको सकारात्मक चर्चा परिचर्चा र सामाजिक असरका बारेमा खासै बहस नहुने यथार्थका बीचमा प्रवासी नेपाली मंच बेल्जियमले आफ्नो इतिहास
लिपिबद्ध गरेर सकारात्मक काम गरेको सो बिमोचन समारोहमा उपस्थित बिभिन्न संघ संस्थाका पदाधिकारीहरुले प्रतिक्रिया दिएका छन्।

समारोहका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य घनश्याम पाण्डेले सन् 2005 मा गरेको आफ्नो बेल्जियम भ्रमण सम्झदै यस बीचमा नेपाली समुदायले नेपाली कला संस्कृति र नेपाली पहिचानलाई युरोपमा स्थापित गरेर नेपाली स्वाभिमानलाई बढाउन खेलेको भूमिकाको प्रशंशा गर्नु भयो। पाण्डेले प्रजातन्त्रको पुनस्थापना र गणतन्त्र पछि नेपालका बारेमा भएको नकारात्मक प्रचारले निराशा बढाए पनि बास्तबिकता त्यस्तो छैन, नेपाल अति अविकसित देशबात अल्पबिकशित देशमा रुपान्तरण भएकोछ र धेरै राम्रा काम भएकाछन् भन्नुभयो।

बिशेष अतिथि बेनेलक्सका लागि नेपाली राजदुत सेवा लम्सालले प्रवासको नेपाली समुदायले कर्मभुमिमा कमाएको ज्ञा। सीप र पुजी मातृभूमिको बिकासका लागि लागानी गरोस भन्ने नेपाल सरकारको चाहाना रहेकोछ भन्दै त्यसका लागि एनआरएनए लगायत प्रवासका संघ संस्थाको एकता अपरिहार्य छ भन्नुभयो। राजदुत लम्सालले बिभाजनले डायसपोराका माग कमजोर बनाउने हुदा एकताबद्ध भएर आवाज उठाउन र सरकार संग साझेदारी गरेर समस्या समाधान गर्न र देश बिकासमा योगदान गर्न आह्वान गर्नु भयो।

गैर आबासीय नेपाली संघ बद्रि केसी समुहका उपाध्यक्ष रामशरण सिंखडा, गैर आबासीय नेपाली संघ बेल्जियमका अध्यक्ष सीता सापकोटा, आइसीसी सदस्य हरि भट्टराई,प्रवासी नेपाली मंच अन्तराष्ट्रीय कमिटिका अध्यक्ष संजय थापा, नेपाली जनसम्पर्क समिति बेल्जियमका शभापति सुबाश गुरुङ, नेपाली जनप्रगतिशिल मंच बेल्जियमका नबनिर्बाचित अध्यक्ष मनिस गुरुङ, नेपाली जनप्रगतिशील मोर्चा बेल्जियमका अध्यक्ष मेख गुरुङ लगायतले प्रवास संग्रह बिमोचन कार्यक्रममा शुभकामना दिदै एनआरएनए भित्रको समस्या, बेल्जियमको नेपाली समुदायको एकता र संघ संस्था बीचको सहकार्यका बारेमा आ-आफ्नो धारणा राख्नुभएको थियो।

कार्यक्रमको संचालन प्रवासी नेपाली मंचका सचिब बुद्दि बराल र स्वागत मन्तब्य उपाध्यक्ष रमेश पौडेलले दिनुभएको थियो।

सोहि अवसरमा भर्खर सम्पन्न रोद व्हित फुटबल टुर्नामेन्ट जितेका बाल खेलाडीहरुलाई मंचले सम्मान गरेको थियो।

स्मारिका बिमोचन समारोह पछि युरोपका बिभिन्न देश बाट आएका प्रवासी नेपाली मंच युरोपका पदाधिकारीहरुले युरोप बैठक गरेकाछन।

Leave A Reply

Your email address will not be published.