अमेरिकाको नेपाली समुदायलाई फेरी अर्को दुखद घटना आइलागेकोछ । गत बर्ष नेपाली नर्स ममता काफ्लेको हत्या भएकै शहर मनासास भर्जिनियामा दुई बालक सहित एकै परिवारका चार जना मृत फेला परेकाछन।
मनाससपार्क प्रहरीका अनुसार मृत फेला पर्नेहरुमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीय अञ्जु श्रेष्ठ, २ वर्षीय बालक र ८ वर्षीय बालिका रहेका छन् छन्।
घरको तल्लो तल्लामा भाडामा बस्दै आएका उनीहरु विहीवार मृत अवस्थामा फेला परेका हुन् । चारै जनालाई गोलि लागेको प्रहरीले बताएकोछ। घटनास्थलमा एक हतियार पनि फेला परेको छ।
उनीहरु बस्ने घरधनीको आग्रहमा विहीबार राति लगभग १०ः ४० बजे घरको तल्लो तलामा रहेकाहरुको अवस्था बुझ्न जादा चारै जना मृत फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले मृत व्यक्तिहरूको पोष्टमार्टमका लागि प्रक्रिया अगाडी बढाएको छ अनुसन्धान पनि जारि राखेकोछ।