गत महिना गएको बिनासकारी भुकम्पले गरेको क्षति व्यहोरेका म्यानमारका नेपालीलाई गैर आबासीय नेपाली संघ बेल्जियमले आर्थिक सहयोग गरेकोछ।
नेपाली नयाँ बर्षको अवसरमा आयोजित “नेपाल बेल्जियम डे” एबम सांस्कृतिक कार्यक्रमबाट संकलन भएको रकम बेल्जियमबासि बर्मेली नेपालीहरु मार्फत हस्तान्तरण गरिएको हो।
कार्यक्रममा प्रतिबद्धता जनाईए अनुसार नेपाली दुइ लाख ( करिब १३०० सय युरो ) बर्माका भुकम्प पिडित नेपालीलाई सहयोग गर्ने गरि आज बर्मेली नेपालीहरु बिष्णु पराजुली, ज्योती पराजुली भुषाल र रोशन निरौलालाई एनआरएन बेल्जियमका अध्यक्ष सीता सापकोटा,उपाध्यक्ष लोकेन्द्र नेपाल, रिबु बस्नेत, सांस्कृतिक कार्यक्रम संयोजक रमेश सापकोटा लगायतले हस्तान्तरण गर्नु भयो।
रकम हस्तान्तरण गर्दै अध्यक्ष सीता सापकोटाले बर्माका नेपालीले भोग्नु परेको प्राकृतिक बिपत्तिमा सानो भए पनि सहयोग गरौ भनेर नयाँ बर्षको सांस्कृतिक कार्यक्रम त्यंहाका भुकम्प पिडितलाई समर्पण गरिएको हो भन्नु भयो। सापकोटाले यस मानबीय कार्यमा सहयोग गर्ने र सांस्कृतिक कार्यक्रम सफल बनाउन लाग्नु हुने सबैलाई धन्यबाद दिनुभयो।
सहयोग रकम बुझ्दै बिष्णु पराजुलीले सहयोगका लागि एनआरएनए लगायत नेपाली समुदाय प्रति आभार प्रकट गर्नु भयो। बर्मा बिगत चार बर्ष देखि गृहयुद्धको अबस्थामा रहेको बेला आएको भुकम्पले जनजीबन अत्यन्त कठिन र अस्तव्यस्त रहेकोछ भन्दै नेपाली समुदायको सहयोग उचित ठाउमा आबस्यक व्यक्ति समक्ष पुर्याउने बिस्वास दिलाउनु भयो।
अर्की बर्मेली नेपाली चेली ज्योती पराजुली भुषालले आफुहरुको आग्रहमा नेपाली समुदायले गरेको सहयोग सधै सम्झी रहने छौ भन्नु भयो। नेपाललाई सधै मन भित्र राखेर पुजा गर्ने बर्मेली नेपालीहरुलाई बेल्जियमको नेपाली समुदायको सहयोगको बिसेष महत्व रहेकोछ भन्नु भयो। भावुक हुदै उहाले एनआरएनए बेल्जियमले देखाएको सदासयता का लागि बर्मेली नेपालीहरुको तर्फबाट धन्यबाद दिनुभयो।
एनआरएनए बेल्जियमका उपाध्यक्ष लोकेन्द्र नेपालले एनआरएनएको मुख्य उद्यस्यनै सुख दुखमा नेपालीलाई साथ् सहयोग गर्ने हो भन्नु भयो।
सांस्कृतिक कार्यक्रमका संयोजक रमेश सापकोटाले नयाँ बर्षको सांस्कृतिक कार्यक्रम बाट बचेको रकम परोपकारी काममा सदुअपयोग भएकोमा खुसि लागेकोछ भन्नु भयो। उहाले बर्मेली नेपालीहरुलाई बेल्जियमको नेपाली समुदायसंग सम्पर्कमा रहेर सहकार्य गर्न आग्रह गर्नु भयो।
कार्यक्रमको सहजीकरण एनआरएनए बेल्जियमका सचिब संजय श्रेष्ठले गर्नु भएको थियो।
सो अवसरमा नेपाली जना सम्पर्क समिति बेल्जियमका महामन्त्री प्रकाश गिरी, नेपाल पत्रकारमहासंघ बेल्जियमका अध्यक्ष ओम शर्मा लगायतको उपस्थिति रहेको थियो।