नेपाली चलचित्र एन्जिला बेल्जियममा प्रदर्शन हुदै

0

नेपाली महिला फूटबलर अन्जिला एन्जिला थुम्बा सुब्बाको जीबनमा आधारित नेपाली चलचित्र अन्जिला बेल्जियममा परदर्शन हुने भएकोछ।

युरोपकै ठुलो र धेरै शाखाहरु भएको सिनेमा हल किनेपोलिसको एन्तवेरपेन, लुभेन र ब्रुगेमा यहि २५ देखि २९ अप्रिल सम्म अन्जिलाको प्रदर्शन हुनेछ। एन्त्वेरपेनमा २५, २८, २९ अप्रिल १७,३० बजे, लुभेनमा २८ अप्रिल १७ बजे र २९ अप्रिलमा १९,३० बजे र ब्रुगेमा २९ अप्रिल १७ बजे नेपाली सिनेमा देखाइने किनेपोलिसको वेबसाइटमा उल्लेख गरिएकोछ। बेल्जियममा प्रदर्शनका लागि संयोजन गरेका नेपाली सिनेटाईम्एसका निर्देशक एनआरएनए बेल्जियमका कोषाध्यक्ष अजित तुलाचनले पाचथरको दुर्गम गाउमा जन्मिएर नेपालीको राष्ट्रिय टिममा सफल खेलाडी हुदै युरोपको प्रख्यात फुटबल क्लबमा खेल्न सफल भएकी नेपाली चेलीको जीवनीमा आधारित चलचित्र हेरेर, नेपालीपनको महशुस गर्न बेल्जियमबासि नेपालीहरुलाई अनुरोध गरेकाछन्। नेपाली सिनेमा समिक्षक र दर्शकहरुले अतिनै रुचाएको अन्जिला हिट सिनेमा हो।

दुर्गम गाउँबाट व्यवसायिक फुटबल खेलाडी बन्ने सपना बोकेर राजधानीमा उनले गरेको संघर्षको कथा फिल्ममा चित्रण छ ।घाँसदाउरा गर्दै र परिवारको असहमतिबीच उनले कसरी फुटबलको सपनालाई अघि बढाइन् भन्ने कथा फिल्ममा समेटिएकोछ।

मिलन चाम्स निर्देशित फिल्ममा दयाहाङ राई उनका बुबा र सिर्जना सुब्बा आमाको रोलमा छिन् । सुनिल थापा रातेकाइँला कोचको रोलमा छन् । माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बरालका कलाकार पनि छन् ।

प्रेम कुमार श्रेष्ठको निर्माण रहेको फिल्मलाई सुदीप बरालले छायांकन गरेकाछन् ।

कथालाई प्रदीप भारद्वाज, यम थापा र गिरिराज घिमिरेले मिलेर लेखेका हुन् । राजनराज सिवाकोटी, हरि लम्साल र थानेश्वर गौतमको संगीत, कविराज गहतराजको नृत्य छ । ‘अन्जिला’ फागुन २९ बाट नेपालमा पर्दर्शन भैरहेकोछ।
को हुन अन्जिला थुम्बा ।
एन्जिला तुम्बापो सुब्बा एक नेपाली महिला फुटबल खेलाडी हुन्। एन्जिला तुम्बापो सुब्बाको जन्म पाँचथर जिल्लामा भएको थियो ।

उनी नेपाली राष्ट्रिय महिला फुटबल टिमका खेलाडी समेत हुन, साथै हाल उनी विभागीय टिम एपिएफमा आबद्ध भई एपिएफबाट क्लब फुटबल प्रतिनिधित्व गर्ने गर्दछिन् ।

एन्जिला तुम्बापो सुब्बाको जन्म वि.स. २०५३–०४–१० गते पाँचथर जिल्लाको फाक्तेपमा भएको थियो । एन्जिलाले १३ वर्षको उमेरमा फुटबल खेल्न सुरु गरेकी थिइन् । उनका प्राय स्कुलका दिनहरु फुटबल खेल्दै बितेका थिए ।

हाल उनी ग्रिसको क्लबबाट ब्याबसायिक फुटबल खेलिरहेकिछन ।

Leave A Reply

Your email address will not be published.