बेल्जियमको बुगेनहाउतमा रेल र बस ठोक्किदा ४ जना बिधार्थीको मृत्यु, ५ जना गम्भीर घाइते,

0

बेल्जियमको बुगेनहाउतमा आज बिहान बिध्यार्थीहरुको बोकेको स्कूल बस र ट्रेन एकापसमा ठोक्किदा ४ जनाको मृत्य भएकोछ भने अन्य ५ जना घाइते भएका छन्।बिद्यालय समयमा ट्रेनको लेबल कसिंगमा ट्रेन र विद्यालय यातायातको लागि प्रयोग हुने मिनिबस ठोक्किएको थियो हो।

सरकारी श्रोतका अनुसार आपत्कालीन सेवाहरू ठूलो संख्यामा घटनास्थल पुगेर घाइतेहरुको उद्दार गरेका थिए।

दुर्घटना कसरी भएको हो भन्ने ठ्याक्कै खुल्न सकेको छैन। प्रारम्भिक रिपोर्ट अनुसार, दुर्घटना भएको समयमा क्रसिङ बन्द थियो। दुर्घटनाको बास्तबिकता बिह्जं सिसिटिभी फुटेजको जाच भैरहेकोछ।

बेल्जियम प्रहरीका अनुसार दुर्घटना भएको समयमा मिनिबसमा नौ जना थिए: एक चालक, एक सहयोगी र सात बच्चाहरू, जुन प्रायः माध्यमिक विद्यालय उमेरका थिए। घाइते एबम मृत्यु हुनेहरु विशेष आवश्यकताको विद्यालय रिख्तापुंत क्याम्पस बुगेनहाउतमा पढ्दै गरेका बिद्यार्थी थिए।

घाइतेहरुको अबस्था गम्भीर रहेको अस्पतालले जानकारी गराएकोछ।

दुर्घटनाका काराण देन्दरमोंदे र लंदरजिल रूटको रेलसेवा बन्द गरिएकोछ।

Leave A Reply

Your email address will not be published.