ब्रसेल्समा नयाँ वर्ष कार्यक्रम भव्य रूपमा सम्पन्न – नेपाली संस्कृति र प्रतिभा प्रवर्द्धनमा विशेष योगदान,

सुवाष भट्ट, ब्रसेल्स,

0

ब्रसेल्स, अप्रिल १३ – नेपाल ब्रसेल्स मिलन केन्द्रले आयोजना गरेको नयाँ वर्ष २०८२ को सुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएकोछ । बेल्जियमको ब्रसेल्समा करिब ३०० भन्दा बढी सहभागीहरूको उपस्थितिमा सम्पन्न भएको कार्यक्रमले नेपाली कला, संस्कृति र समुदाय सशक्तीकरणमा ऐतिहासिक प्रभाव छोडेको छ।

बिनेलक्सका लागि नबनियुक्त राजदूत सेवा लम्सालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ब्रसेल्सबासी द्वारा उहाँलाई स्वागत तथा सम्मान गरिएको थियो।

राजदूत लम्सालले नयाँ वर्षको शुभकामना दिँदै, नेपाली समुदायको प्रयास प्रति प्रशंसा व्यक्त गर्नुभयो। कार्यक्रममा अन्य अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरू, आन्दर्लेक्त नगरपालिका प्रतिनिधी, गैर आवासीय संघ लगायत बेल्जियममा सक्रिय नेपाली संघसंस्था, र विभिन्न समुदायका अतिथिहरुको सहभागिता रहेको थियो।

कार्यक्रमको विशेष आकर्षणमध्ये एक थियो जेष्ठ नागरिक सम्मान, जसअन्तर्गत अमात्य दम्पतीलाई दीर्घ योगदानको कदर स्वरूप सम्मान गरिएको थियो। यसले समुदायमा योगदान पुर्‍याउने अग्रजप्रतिको कृतज्ञता प्रकट गरेको थियो।

त्यस्तै, नयाँ पुस्ताको प्रतिभा उजागर गर्न फुटबल खेलमा उत्कृष्ट प्रदर्शन गरेका युवा खेलाडी गोरख घलेलाई विशेष सम्मान प्रदान गरियो, जसले नयाँ पुस्तालाई आफ्नो सीप र पहिचान विश्वमाझ चिनाउने प्रेरणा दिएका छन् ।

सांस्कृतिक कार्यक्रममा स्थानीय कलाकार, युवा गायक-गायिका, नृत्य समूह र बालबालिकाले नेपाली सांगीतिक प्रस्तुति र परम्परागत नृत्य प्रस्तुत गरे। नयाँ पुस्तालाई नेपाली संस्कृतिसँग जोड्ने उद्देश्यले प्रस्तुत बालबालिकाका नृत्यहरूले सहभागीहरूको मन जित्यो।

विविध नेपाली परिकारहरूको स्वाद लिन विदेशी पाहुनाहरू उत्साहित देखिए, जसले नेपालको स्वाद, आत्मीयता र संस्कृति विश्वमाझ पुर्‍याउन सहयोग पुगेको आयोजक संस्थाको रहेकोछ।

संस्थाका महासचिव सुवास भट्टले संस्थाले अहिले नेपाली डायस्पोरालाई एकजुट गर्दै ब्रसेल्स स्थितअन्य समुदायहरूसँग सहकार्य विस्तार गर्ने र नेपाल–बेल्जियम सम्बन्ध सुदृढ गर्ने अभियानमा जुटेको जानकारी दिए। हालै मिलन केन्द्रले आन्देर्लेक्टको स्थानीय संस्था Generation ASBL सँग सहकार्य गरि बिबिध तालिमहरु आरम्भ गर्दै गरेको पनि जानकारी गराइयो।

ब्रसेल्समा सम्पन्न यो कार्यक्रम नेपाली समुदायको सांस्कृतिक पहिचान, सामाजिक एकता र अन्तरपुस्तीय सम्बन्ध सुदृढ गर्ने दिशामा एक प्रभावशाली र प्रेरणादायी कदमका रूपमा स्थापित भएको संस्थाका अध्यक्ष प्रकाश कार्कीले बताउनु भएकोछ।
संस्थाका महासचिव भट्टले संचालन गर्नुभएको कार्यक्रमको शभापतित्व अध्यक्ष प्रकाश कार्कीले गर्नुभएको थियो।

Leave A Reply

Your email address will not be published.