बेल्जियमका लागि नब नियुक्त नेपाली राजदुत लम्साल द्वारा बेल्जियमका राजा फिलिप समक्ष ओहदाको प्रमाणपत्र पेश,

0

बेनेलक्स एबम युरोपियन युनियनका लागि नेपाली राजदुत सेवा लम्सालले बेल्जियमका राजा फिलिप समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएकोछ। ब्रसेल्स स्थित ऐतिहासिक रोयल प्यालेसमा आयोजित एक विशेष समारोहमा राजदूत लम्सालले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको हो।

बेल्जियन महाराज फिलिपले राजदुत लम्सालको ओहदाको प्रमाणपत्र ग्रहण गरे पछि उहालाई शिष्टाचार भेटका लागि आमन्त्रण गर्नु भएको थियो। उहाहरु बीचको भेटका क्रममा राजदूत लम्सालले नेपाल सरकार र नेपाली जनताको तर्फबाट बेल्जियमका राजा, सरकार तथा जनताप्रति हार्दिक शुभकामना र सम्मान व्यक्त गर्नुभयो।

राजदुत लम्सालले राष्ट्रपति रामचन्द्र पौडेलले राजा फिलिप र बेल्जिक नागरिकको सुस्वास्थ्य तथा समृद्धिको कामना गरि पठाएको संदेश सुनाउनु भयो। नेपाल र बेल्जियमको मैतिपूर्ण सम्बन्ध, बिकासका लागि साझेदारी र अन्तरराष्ट्रिय मुद्धाहरुको सम्बोधनका लागि सामुहिक प्रयत्न गर्न दुई देश सधै तयार रहने विश्वास राष्ट्रपति पौडेलको रहेको अबगत गराउनु भयो।

राजा फिलिपले राजदूत लम्साललाई नयां राजदुत नियुक्त हुनु भएकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । उहाले लम्सालको कार्यकालमा दुई देशको सम्बन्धले नयाँ उचाई पाउने बिश्वास ब्यक्त गर्नुभयो।

राजा फिलिपले आफुले युबराजका रुपमा सन् १९९८ मा नेपालको भ्रमण गरेको स्मरण गर्दै नेपालको प्राकृतिक सुन्दरता र मिलनसार नेपाली जनताबाट प्रभावित रहेको बताउनु भयो। ।

राजदूत लम्सालले दुई देशको मैतिपूर्ण सम्बन्धलाई बलियो बनाउन आफ्नो सतत प्रयास रहनेछ भन्दै द्विपक्षीय ब्यापार, पर्यटन प्रबर्धन,शैक्षिक बिकास,  सांस्कृतिक आदान प्रदानमा काम गर्न आबस्यक भएकोले त्यसका लागि बिशेष प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो।

उक्त समारोहमा बेल्जियम राजदरबार सेवाका अधिकृतहरु, नेपाली दुतावासका द्वितीय सचिब रूस कार्की, तृतीय सचिब रमेश गैरे लगायतका  कूटनीतिज्ञहरूको पनि उपस्थिति थियो।

को हुन बेल्जियमका लागि नयाँ नेपाली राजदुत लम्साल ?

नेपालको भोजपुर जिल्लाको दिङ्गला गाउमा जन्मनु भएकी सेवा लम्साल सन् १९९८ देखि नेपाल सरकारको निजामती कर्मचारीको रूपमा काम गरेर सन् २०१० मा परराष्ट्र सेवामा प्रवेश गर्नुभएको हो। परराष्ट्र सेवामा प्रवेश गर्नु अघि उंहा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र निर्वाचन आयोग, नेपालमा सेवा गर्नु भएको थियो।

त्रिभुवन विश्वविद्यालयबाट सार्वजनिक प्रशासनमा स्नातकोत्तर डिग्री हासिल गर्नुभएकी लम्सालले नर्वेजियन विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट सामाजिक परिवर्तनमा एम.फिल डिग्री प्राप्त गर्नुभएकोछ।
लम्सालले परराष्ट्र मन्त्रालयमा संयुक्त राष्ट्र संघ, अन्तर्राष्ट्रिय संगठनहरू, अन्तर्राष्ट्रिय कानून विभाग र युरोप र अमेरिका विभागको प्रमुखको रुपमा काम गर्नुभएकोछ भने अक्टोबर २०२० देखि डिसेम्बर २०२३ सम्म परराष्ट्र मन्त्रालयको प्रवक्ताको जिम्मेवारी निभाउनुभएकोछ।

सुश्री लम्सालले सेप्टेम्बर २०१६ देखि २०२० सम्म इस्लामिक गणतन्त्र इरान, टर्की गणतन्त्र, किर्गिस्तान, ताजिकिस्तान, तुर्कमेनिस्तान र उज्बेकिस्तानमा समवर्ती मान्यताका साथ इस्लामिक गणतन्त्र पाकिस्तानमा नेपालको असाधारण र पूर्णाधिकारी राजदूतको रूपमा काम गर्नुभएको थियो।
त्यसअघि लम्सालले मे २०१२ देखि जुन २०१६ सम्म न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगमा कार्यवाहक स्थायी प्रतिनिधि र उप स्थायी प्रतिनिधि ( मिनिस्टर काउन्शिलर) को रूपमा काम गर्नु भएको थियो।

उहाले सामाजिक विकास आयोगको ५२ औं र ५३ औं सत्रको अध्यक्ष, २०१२ मा अति कम विकसित देशहरूको विश्वव्यापी समन्वय ब्यूरो (LDCs) को अध्यक्ष, LLDCs र LDCs को उपाध्यक्ष र ब्यूरो सदस्य र एसिया तथा प्रशान्त समूहका लागि UNDP/UNFPA/UNOPS कार्यकारी बोर्डको सदस्यको रूपमा नेपाल सरकारको प्रतिनिधित्व गरि जिम्मेवारी पुरा गर्नुभएकोछ।

नेपाल सरकारको अधिकारिको रुपमा लम्सालको नायिक समानता र नेपाली महिला हक अधिकार एबम उनीहरुको बिकासका लागि बिशेष योगदान रहेकोछ।

Leave A Reply

Your email address will not be published.