अस्ट्रेलियामा रहेका रक्त क्यान्सर पीडित नेपाली विद्यार्थी अशेष केसीको उपचारका लागि अन्तर्राष्ट्रिय पर्बत समाजले उपचार सहयोगार्थ संकलन गरेको सहयोग रकम मध्य केही रकम नेपालमा परिवारलाई हस्तान्तरण गरिएकोछ ।
पर्बत जिल्ला जलजला गा पा ८ फर्से निबासी हाल अस्ट्रेलियामा अध्ययनरत अशेष केसी रक्त क्यान्सरबाट पिडित हुनुहुन्छ ।वहाँको उपचार सहयोगार्थ अन्तर्राष्ट्रिय पर्बत समाजले सस्थाका मध्यपुर्ब संयोजक रामहरि शर्माको संयोजकत्वमा सहयोग संकलन अभियान संचालन गरेको थियो ।
सहयोग संकलन अभियानमा पर्बत सेवा समाज बहराइन ,पर्बत समाज कतार, पर्बत समाज युएई साथै पर्बत समाज दक्षिण कोरियाबाट संकलित रकम 372750 रुपियाँ बिरामिको हजुरबुबा,हजुरआमा हस्तान्तरण गरिएको हो ।
सस्थाका नेपाल प्रतिनिधि मुना भुसालको अध्यक्षतामा र सचिव कमल लामिछानेले संचालन गर्नु भएको कार्यक्रममा उपस्थित सामाजिक अगुवiहरुले बिरामिको सिघ्र स्वास्थ्य लाभको कामना गर्नुका साथै यस अभियानमा जोडिई सहयोग गर्ने सम्पुर्ण प्रति कृतज्ञता ब्यक्त गर्नुभयो ।
संस्थाका सचिब कमल लामिछानेले राख्नु भएको विवरण अनुसार अन्तर्राष्ट्रिय पर्बत समाजको मातहतमा रहि विभिन्न देशमा रहेका पर्बत समाज सस्थाका प्रतिनिधि एबम समाजसेबि ब्यक्तित्वहरुको सकृयतामा त्रिचालीस लाख सत्ताइस हजार (43,27000)अनुमानित रकमको प्रतिबद्धता आएको छ। पर्बत समाज जापान, युकेबाट सस्थाकी सचिव ढाका कुमारीको सक्रियतामा , स्विजरल्यान्डबाट सदस्य बिमल जि सी (बिनोद)को सक्रियतामा, बेल्जियमबाट पर्बत समाज बेल्जियम साथै सस्थाका सल्लाहकार खड्क केसी, सल्लाहकार झलक केसी सीता केसी, रन्जिता लगायतको सक्रियतामा , अमेरिकाबाट बाबुराम शर्मा, सुर्य केसीको सक्रियता साथै पर्बत समाज स्पेनको सक्रियतामा संकलित रकम बिरामी अशेष केसी समक्ष पुगेको छ र केही रकम पुग्ने क्रममा रहेकोछ ।
सस्थाले नेपालमा गरिरहेका गतिबिधीबारे बोल्दै नेपाल प्रतिनिधी मुना भुसालले आकस्मिक पर्ने घटनामा सहयोग गर्दै आएको हाम्रो सस्थाले पर्बत अस्पताल सौन्दर्यिकरण परियोजना अन्तर्गत पर्बत अस्पतालमा विभिन्न निर्माण कार्य गरिरहेकोमा आकस्मिक रुपमा आiपरेको ब्लड क्यान्सर पीडित भाइ आशेष केसीको उपचारमा केही टेवा पुगोस भनी सस्थाले शुरु गरेको सहयोग संकलन अभियानले मुर्तरुप लिई यति ठुलो राशी पीडित समक्ष पुर्याउनु पाउँदा आफू लगायत सम्पुर्ण सस्था परिवारले राहत महसुस गरेको जनाउनु भयो ।
प्रबासमा आफ्नो कामको ब्यस्तता बाबजुद सबैलाइ समन्वय गरि सहयोग गर्ने हातहरुलाई एकीकृत गर्नु हुने अभियान संयोजक रामहरि शर्मा, सहयोग संकलनमा सक्रियता देखाइ पिडामा मलहम लगाउने सम्पुर्ण सहयोगी ,सदस्य सस्था एबम परिवारजन, यस अभियानलाई आफुहरु पर्दा पछाडी रहेर समन्वय ,सहयोग एबम सहकार्य गर्ने सस्थाका अध्यक्ष गुणराज शर्मा , महसचिव प्रकाश पौडेल लगायतका पदाधिकारीहरुको कुशल भुमिकाको लागि हार्दिक आभार जनाउनु भयो ।