शेर्पा किदुङ बेल्जियमले शेर्पा समुदायको सांस्कृतिक पर्ब एबम नयाँ बर्ष ग्याल्पो ल्होसार मनाएकोछ ।
“प्रवासिहरुको एकता र मातृभूमी प्रती समर्पण, संगीतइक साँझ मार्फत खिजिदेम्बालाई शबबाहन” मुख्य नारा दिइएकोबेल्जियमको लुभेन शहरमा आयोजित एक बिशेष समारोहमा बेल्जियम, जर्मनी नेदरल्यान्ड , बेलायत लगायत अन्य युरोपियन मुलुकबाट शेर्पा समुदायका नरानारीहरुको उपस्थिती रहेको थियो ।
बेल्जियममा सक्रिय बिभिन्न सघ संस्थाहरुका प्रतिनिधिहरु लगायत बेल्जियमबासीहरुले शेर्पा दाजुभाइ दिदी बहिनीहरुलाई ल्होसारको शुभकामना दिएका थिए । शेर्पा परम्परा अनुसार धार्मिक पूजा, सांस्कृतिक झाकी एबम शेर्पा गीत र न्रिय प्रस्तुत गरिएको थियो । बेल्जियममै जन्मे हुर्केका बालबालिकाहरुले शेर्पा भाषाका गीत र न्रित्य गरेर अतिथिहरुलाई रोमांचित बनाएका थिए ।
ल्होसार पर्बको अबसरमा आयोजित कार्यक्रममा सहभागिहरुले खिजिदेम्बा गाउपालिकालाई शब-बाहन प्रदान गर्नका लागि दान सहयोग संकलन गरेकाछन ।
खिजिदेम्बा गाउपालिका अध्यक्ष गम्बु शेर्पा बिशेष अतिथी रहेको कार्यक्रमबाट उठेको सहयोग रकमले शब-बाहन संचालन गरेर बिकट गाउमा परोपकारी कामको सुरुवात गरी उदाहराणिय काम भएको सो कार्यका लागि पहिलो उच्च रकम १ लाख ५० हजार दान गरेका शेर्पा समाजका अग्रज एबम एनआरएनए बेल्जियमका पूर्व अध्यक्ष पिजी शेर्पाले बताउनु भएकोछ ।
यस् अघि भएको औपचारिक कार्यक्रममा बेल्जियमका लागि नबनियुक्त राजदुत सेवा लम्साल, खिजी देम्बा गाउपालिका अध्यक्ष गम्बु शेर्पा, ल्हमु शेर्पा, एनआरएनए बेल्जियम अध्यक्ष सीता सापकोटा लगायतका बिशिष्ट अतिथी र अतिथिहरुलाई शेर्पा संस्क्रिति अनुसार सम्मान गरिएको थियो ।
विश्व कल्याणको कामना र शेर्पा समुदायको उन्नती प्रगतिको कामना गरिएको पूजा अर्चना गर्दै शुरु भएको कार्यक्रममा बोल्ने अतिथिहरुले शेर्पा समुदायलाई नयाँ बर्षको शुभकामना दिदै प्रवासमा नेपाली एकता र नेपाली पहिचान बलियो होस् देशमा भएको राजनीतिक सामाजिक बिसङतिको अन्त्य र सामाजिक सद्भाबको ब्रिद्धी होस् भनेर कामना गर्नु भएको थियो ।
शेर्पा किदुङ बेल्जियम आयोजक र हिमालयन सस्कृती केन्द्र र शेर्पा युथ ग्रुप बेल्जियम सहआयोजक रहेको कार्यक्रमको संचालन ल्हमु शेर्पा गर्नु भएको थियो ।
कार्यक्रमका सभापति एबम शेर्पा किदुङ बेल्जियमका अध्यक्ष पेम्बा शेर्पा (पिडी) ले ल्होसार कार्यक्रम सफल बनाउन संस्थाको परोपकारी अभियान शब-बाहनका लागि सहयोग गर्ने , सहभागि हुने सबैलाई धन्यबाद दिनु भएको थियो ।
अबेर राती सम्म चलेको कार्यक्रममा नाचगान गरेर सहभागिहरुले मनोरन्जन गरेका थिए ।