नेदरल्यान्डका भाषाशास्त्री जर्ज भान ड्रिमद्वारा लिखित लिम्बू भाषाको ग्रामर (अ ग्रामर अफ लिम्बू बेस्ड अन दी फेदापे डाइलेक्ट अफ दि ओल्ड लिम्बू हर्टल्यान्ड ) पुस्तकको विमोचन भएको छ ।
तेह्रथुमको सदरमुकाम म्याङलुङमा पुस्तकको विमोचन गरिएको हो ।
म्याङ्लुङ नगरपालिका र स्विस राजदुताबासको सहयोगमा जगदम्बा प्रकाशनले प्रकाशन गरेको किताबको मार्च ५ तारिख बुधवार बिमोचन गरिएको हो ।
बिक्रम सम्बत् २०३९ मा विद्यार्थी रहेका लेखकले तेह्रथुममा ६ महिना बसेर अनुसन्धान गरी प्रकाशित् गरेको पुस्तक लिम्बु भाषा सिक्न चाहने सबैलाई सहज् हुने गरी पुन प्रकाशित गरिएको हो । जर्ज १० भाषाका विज्ञका रूपमा विश्व प्रसिद्ध छन ।
मेन्छ्यायेम गाउँपालिका अध्यक्ष यादव खापुङ,लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुनबाबु माबोहाङ,छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेला लगायतका जनप्रतिनिधी एबम लिम्बु समुदायका अगुवहाँरुले लिम्बू समुदायका नयाँ पुस्तामा भाषा हराउँदै गर्दा विदेशी नागरिक लेखक जर्ज भ्यानले फेदापे लिम्बू भाषाको ग्रामर समेटिएको पुस्तक प्रकाशन गरेर आफुहरुलाई सम्बेदनशील बनाएको बिचार ब्यक्त गरे ।
लेखक जर्जले आफू हल्यान्डस्थित भाषा विज्ञानको विद्यार्थी रहँदा जर्मन भाषा र हल्यान्ड भाषाविद्हरूको चिनियाँ भोट बर्मेली भाषाको पुरानो रूप लिम्बूवानमा भेटिन्छ भन्ने अनुसन्धानबाट प्रभाबित भएर प्रोफेसरहरूले आफूलाई नेपालको लिम्बूवान् क्षेत्रमा लिम्बु भाषा सिक्न पठाएको स्मरण गरे ।
स्थानीय नारायण लिम्बूको सहायतामा लिम्बू भाषाको अध्ययन गरेर पुस्तक तयार गरेको र यो पुस्तक सबैलाई काम लाग्ने बताए ।