प्रकृति, शान्ति र सम्बृद्धिका पुजक किराँत समुदायले बेल्जियममा उधौली पर्व, चाकोस ताङ्नाम (किँरात याले सम्वत ५०८४) किराती परम्परा अनुसार मनाएका छन ।
संयुक्त किरात समाज बेल्जियमले ब्रुगे शहरमा र किरात यक्थुङ चुम्लुङ बेल्जियमले लुभेन शहरमा आफ्नो जातीय पहिचान झल्कने झाकी र च्याब्रुङ नाच, न्वागी पुजा, साकेला नाच लगायतका नाच गान गरी सो पर्ब मनाएकाछन ।
किरातिहरुको पुरानो संस्था संयुक्त किरात समाज बेल्जियमले गत १४ तारिख शनिबार र दुई बर्ष अघि स्थापना भएको संस्था किरात यक्थुङ चुम्लुङ बेल्जियमले १७ तारिख मंगलबार सो पर्ब मनाएका हुन ।
दुई वटै कार्यक्रममा किरात समुदायका साथै बेल्जियममा सक्रिय विधिन्न संघसंस्थाका प्रतिनीधिहरुको उपस्थितीमा शुभकामना आदानप्रदान गर्दै पारम्परिक खानपान सहित चासोक तङनाम सम्पन्न भएकोछ ।