संसार भरि छरिएर रहेका कास्केलीहरुको संस्था “कास्की आदर्श सेवा समाज अन्तर्ाष्ट्रीय समन्वय परिषद”को अध्यक्षमा शिव बानिया निर्बाचित भएकाछन । “बिश्व भरि छरिएका कास्केली खोजी अभियान, समृद्ध जन्मथलो हाम्रो स्वाभिमान” भन्ने नाराको साथ सन २०१७ अक्टोबरमा स्थापित समाज, कास्की जिल्लाबाट विभिन्न मुलुकमा पुगेर विभिन्न पेशा र ब्यबसायमा संलग्न रहेकाहरुको साझा सामाजिक संस्थाको चौथो अधिबेशनले उपाध्यक्षमा स्पेनका बिशाल ढुंगाना, उपाध्य्क्षहरुमा दक्षिण कोरिया बस्ने डा. प्रदिप अधिकारी, नेपाल बस्ने सन्तोष तिमिल्सिना र युनाइटेड अरब इमिरेट्स बस्ने बिकास शाही निर्बाचित भएकाछन । महिला उपाध्यक्षमा मकाउबाट µ शान्तिदेबी अधिकारी र महासचिबमा युएईबाट केदार कुँवर, उप महासचिबमा बेल्जियमका इन्द्रकमल राजभाट र सचिब द्वयमा स्पेनका मोहन राज गौतम र दक्षिण कोरियाका राजेश सुबेदीलाइ चयन भएका छन।
यसै गरि कोषाध्यक्षमा नेपालका बिकास अधिकारी, सहकोषाध्यक्षमा अमेरिकाबाट दीपक थापा, महिला संयोजकमा बेल्जियमबाट कान्ति अधिकारी, महिला उप संयोजकमा पोर्चुगलकी बिन्दु गौतम, मध्यपूर्व संयोजकमा कतारका नबिन पौडेल, पुर्बी एशिया संयोजकमा जापानका विश्व सुबेदी, युरोप संयोजकमा बेल्जियमका राजेन्द्र गौतम, अमेरिका संयोजकमा सुर्य मोहन तिवारी, र केन्द्रीय सदस्यमा दक्षिण कोरियाका पुष्पराज भण्डारी निर्बाचित भएकाछन।
निर्वाचन समितिका संयोजक चित्र सुबेदीका अनुसार धेरै पदमा सहमतिमा नेत्रित्व चयन भए पनि अध्यक्ष बानीया,बरिष्ठ उपाध्यक्ष ढुंगाना, तीनजना उपाध्यक्षहरु अधिकारी, तिमिल्सिना र शाही तथा उपमहासचिब राजभाट मतदान प्रक्रियाबाट निर्बाचित भएका हुन ।
संस्थापक अध्यक्ष पूर्ण तिमील्सिना, त्यस पछि गोबिन्द पौडेल र सिता बरालले नेत्रित्व गरी सकेको समाजको चौथो अध्यक्ष अमेरिका बस्ने बानीया बनेका हुन ; उनको कार्यकाल दुई बर्षको हुनेछ ।
कास्की जिल्लामा शिक्षा, स्वास्थ्य, दैबी बिपत्ति लगायत असहाय र अशक्तहरुको लागि सहयोग अभियान चलाऊदै आएको संस्थाको बिभिन्न दर्जन बढी देशमा राष्ट्रिय समिती कार्यरत रहेकाछन । यिनै राष्ट्रिय समितीका सदस्यहरुले अन्तर्ाष्ट्रिय समितिको चयन् गरेका हुन ।अक्टोबरमा भएको चौथो अधिबेशनको निर्वाचन अनलाइन माध्यमबाट भएको हो ।