नेपाली जनसंपर्क समिती बेल्जियमद्वारा परराष्टमन्त्री राणालाई सम्मान र अन्तर्कृया,

0

नेपालका परराष्ट्रमन्त्री डा आराजु राणा देउबाले तिर्न सक्ने विश्वशनीय आधार भए मात्र बिकासका लागि बैदेशिक ऋण लिनु पर्छ भन्नु भएकोछ ।

नेपाली जनसंपर्क समिती बेल्जियमले मन्त्री राणाको सम्मानमा आयोजना गरेको कार्यक्रममा पोखरा बिमानस्थल लगायतका आमदानी गरी ऋण फिर्ता गर्न नसक्ने परीयोजनाका बारेमा बोल्दै नेपालले माग्ने निती त्याग्नु पर्ने र आफ्नै साधनश्रोत र श्रमको प्रयोग गरेर बिकास निर्माणका काम गर्नु पर्ने बताउनु भएको हो ।

राणाले नेपालको परराष्ट्र निती परम्परागत मान्यतामा चल्ने गरेको बताउदै नेपालले आफ्नो बिशिष्ठ परिचय कायम राख्दै आफुलाई समयiनुकुल परिमार्जित गरेर विश्व मंचमा सगर्ब प्रस्तुत हुन सक्नुपर्छ भन्नु भयो ।

शान्ती र करुणा फुल्ने माटो भएको देश, बुद्ध र सगरमाथाको देश भनेर जुन सम्मान पाएकोछ, जसरी परिश्रमि मिलनसार नेपालीको परिचय बिदेशमा बस्ने करीब ५० लाख नेपालीहरुले दिनुभएकोछ त्यसका आधारमा कुटनिती र अर्थनिती बनाएमा देश बिकासमा सहयोग हुने र स्वाभिमानी नेपालीको चिनारी कायम रहने बताउनु भयो ।

गैर आबासीय नेपाली संघ जस्तो प्रबासमा नेपालको पहिचान कायम गर्दै नेपालीहरुलाई एकसुत्रमा बाधेर परोपकारी काम गरिरहेको संस्थामा बिभाजन हुनु अत्यन्त दु:खद कुरा हो भन्दै राणाले एउटा मात्र, एकताबद्ध एनआरएनएलाई नेपाल सरकारले मान्यता दिने बताउनु भयो । उहाले आफुले एकताबद्ध एनआरएनए बनाउन सहजिकरण गरी रहेको बताउनु भयो ।

कार्यक्रममा नेपाली जनसंपर्क समिती बेल्जियमले मन्त्री राणालाई कदरपत्र प्रदान गरेर सम्मान गरेको थियो ।
मन्त्री राणालाई स्वागत गर्दै नेपाली जनसंपर्क समितिका पूर्व सभापतिहरु सुबाश जोशी, गंगाधर गौतम, पूर्ण तिमील्सिना, संस्थापक सभापति धुर्ब पौडेल, पूर्व सभापति एबम एनआरएनए बेल्जियम अध्यक्ष सीता सापकोटाले बेल्जियममा भैरहेका संस्थागत गतिबिधी , यहाँका समस्या र समाधान, एनआरएन नागरिकता प्राप्ती र प्रयोगमा देखिएका समस्या, काङ्रेस पार्टिले प्रबासका कार्यकर्ता मार्फत गर्न सक्ने सुधार, पार्टिका निती र आबस्यकताका बारेमा सुझाब राख्नु भएको थियो ।

बेल्जियममा बिद्याबारिधी गर्दै गरेका कमल देबकोटाले शिक्षा, डा राजु श्रीवास्तबले स्वास्थ्य, पत्रकार ओम शर्माले संचार र विश्व ध्यान दिवस, पत्रकार पञ्चम अधिकारीले नेपाली बायुसेवामा एुरोपियन युनियनको प्रतिबन्ध र सञ्जय श्रेष्ठले नेपाली चलचित्र क्षेत्रमा नेपालले सुधार गर्नु पर्ने बिषयमा सुझाब राख्नु भएको थियो ।

कार्यक्रमको संचालन नेपाली जनसंपर्क समितिका सभापति सुबाश गुरुङको सभापतित्वमा भएको कार्यक्रमको संचालन महामन्त्री गोबिन्द सिंह अधिकारीले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.