राष्ट्रपति रामचन्द्र पौडेलले बेल्जियमका लागि नेपाली राजदूतमा सेवा लम्साललाई नियुक्त गर्नु भएकोछ । परराष्ट्र मन्त्रालयको सचिबका रुपमा कार्यरत रहदै लम्साललाई नेपाल सरकारले बेल्जियमका लागि राजदुत सिफारिस गरेको थियो । संसदीय सुनुवाई र बेल्जियम सरकारबाट एग्रिमो प्राप्त भए पष्चात उहालाई युरोपियन युनियन र बेनेलक्सका लागि राजदुत नियुक्त गरिएको हो ।
राजदुत लम्साल कार्यभार सम्हाल्न छिट्टै ब्रसेल्स आउनुहुनेछ ।
राष्ट्रपती पौडेलले पोर्चुगल, स्पेन, दक्षिण अफ्रिका र दक्षिण कोरियाका लागि पनि राजदूतहरु नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
जस अनुसार पोर्चुगलका लागि प्रकाशमणि पौडेल, स्पेनका लागि सनिल नेपाल, दक्षिण अफ्रिकाका लागि प्रा.डा. कपिलमान श्रेष्ठ, बेल्जियमका लागि सेवा लम्साल र कोरियाका लागि शिवमाया तुम्बाहाङ्फेलाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी गराउनुभएकोछ । ।