पासा पुच बेल्जियमको आयोजनामा बेनेलक्सका महामहिम राजदूत गेहेन्द्र राजभण्डारीको सम्मान तथा विदाई कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रम पासा पुच बेल्जियमका अध्यक्ष सूर्य नारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। उपाध्यक्ष मुना ताम्राकारले स्वागत मन्तव्य दिनुभएको थियो भने महासचिव शंकर श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
विदाई समारोहमा महामहिम राजभण्डारीज्यूले आफ्नो कार्यकालमा हासिल गरेको अनुभव सुनाउनु को साथै नेपाल-बेनेलक्स सम्बन्धलाई थप सुदृढ बनाउन नेपाली समुदायसँग गरेको सहकार्यको स्मरण गर्नुभयो। उहाँले आगामी दिनहरूमा नेपाल-बेनेलक्स सम्बन्धलाई अझ प्रगाढ बनाउन नेपाली समुदायको योगदान अपरिहार्य हुने कुरामा जोड दिनुभयो।
कार्यक्रममा पासा पुचका संस्थापक अध्यक्ष रविन्द्र मान श्रेष्ठ, पूर्वअध्यक्ष रजनी प्रधान, भीम जोशी (रोशन), निवर्तमान अध्यक्ष चिजकुमार श्रेष्ठ, र सल्लाहकार सन्तोष जोशी (सुवाश)ज्यूहरूले आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभयो।
त्यसैगरी, सल्हाकार श्रीकृष्ण तमोट, नारायण चित्रकार, विनोद ढेवाजु, मनोज जोशी, उपाध्यक्ष विराट जोशी, सचिव विपिन राय, कोषाध्यक्ष बिमल श्रेष्ठ, तथा सदस्यहरू शिलु श्रेष्ठ, संगिता ढेवाजु, नानु राय, निशा जोशी, र लिना कारन्जित लगायतको सक्रिय उपस्थिति रहेको थियो।
कार्यक्रमको सफलताका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा योगदान पुर्याउने सम्पूर्ण महानुभावहरूप्रति पासा पुच बेल्जियमले हार्दिक आभार व्यक्त गरेको छ।