मानब तस्करीमा संलग्न अफगान नागरिकलाई बेल्जियम अदालतले सुनायो १८ बर्ष जेल सजाय,

0

बेल्जियम र युरोपमा मानब तस्करी गर्ने अफगान नागरिकलाई अन्तवेरपेन अदालतले १८ बर्षे जेल सजाय सुनाएकोछ । अफगानस्तानबाट ईरान तुर्की हुँदै युरोपमा मानब तस्करी गरी रहेका तस्कर समुहका २२ जना अफगानीहरुलाई जेल सजाय संगै २७ लाख १२ हजार युरो जरिवाना पनि तोकिएकोछ ।

लामो अनुसन्धान पछि करिब १ सय १३ जना पीडितहरुको बयiनको आधारमा उनिहरुलाई कारबाही गरिएको हो । ५ हजार देखी ११ हजार युरो सम्म लिएर स्थलमार्ग हुँदै उनिहरुले बेल्जियममा मान्छे ल्याउने गरेका थिए ।तस्करहरुले टिकटक ह्वाट्सअपको प्रयोग गरेर पीडितहरुलाई फसाउने गरेका थिए ।

बेल्जियम प्रहरीले अन्तरराष्ट्रिय एजेन्सीहरुको सहयोगमा गरेको अनुसन्धान अनुसार मानब तस्करी गर्ने समुहले मारपिट गर्ने, यौन हिंशा गर्ने र बन्धक बनाउने जस्ता बिभिन्न यातना दिने गरेको पीडितहरुले बयानका क्रममा भनेका थिए ।

बेल्जियममा मानब तस्करी गर्ने अफगानीहरुको निकै बलियो नेटवर्क रहेको बेल्जियम प्रहरीले जनाएकोछ ।

Leave A Reply

Your email address will not be published.