यौनकर्मीलाई श्रम अधिकार दिने विश्वकै पहिलो राष्ट्र बन्यो बेल्जियम

0

बेल्जियमले यौनकर्मी महिलालाई अरु श्रमिक सरह श्रम अधिकार दिने भएकोछ । कानुनत बेल्जियममा यौनकर्मीहरुले स्वास्थ्य बिमा, निवृत्तिभरण, बिरामी बिदा र सुत्केरी बिदाको सुविधा पाउने छन् । यस किसिमको कानुन बनाएर यौनकर्मीको सामाजिक सुरक्षा दिने बेल्जियम विश्वको पहिलो देश बनेकोछ ।

सन २०२२ मा यौनकार्यलाई अपराधको श्रेणीबाट हटाए पछि यौन कर्मिहरुले सामाजिक सुरक्षाकोषमा आफ्नो भागेदारी दाबी गर्दै आएका थिए । डिसेम्बर १ देखि लागु भएको यस कानुनमा यौनकर्मीलाई अन्य कर्मचारीसरह रोजगारी र सुरक्षाको ब्यबस्था गरेको बेल्जियम सरकारले घोषणा गरेकोछ ।

नयाँ कानुनअनुसार, अब यौनकर्मीलाई यौन सम्पर्क गर्न अस्वीकार गरेमा तथा बिदा लिएको अवस्थामा कामबाट निकाल्न पाइने छैन ।

नयाँ कानुनअनुसार मानव बेचबिखन, यौन दुर्व्यवहार, ठगीजस्ता मुद्दामा दोषी ठहर भएका व्यक्तिलाई यौनकर्मी राख्न दिइने छैन ।

यौनकर्मीले कुनै सूचना नै नदिएर आफूले चाहेको बेला राजीनामा दिन सक्छन् । उनीहरूले ग्राहकलाई अस्वीकार पनि गर्न सक्ने छन। बेल्जियममा अब यौनकर्मीलाई कामबाट निकाल्न पाइने छैन ।

मानब अधिकारबादी संस्था ह्युमन राइट्स वाचका एरिन किल्ब्राइडले क्रान्तिकारी कदम भनेकी छन् । यौनकर्मीको सुरक्षाका लागि बेल्जियमले विश्वकै उत्तम कदम लिएको उनको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.