एनआरएनएको साधारण सभा नोभेम्बर ४ मा हुँदै,

0

रआवासीय नेपाली संघ (एनआरएनए) ले नोभेम्बर ४ तारिख सोमबार साधारणसभा गर्ने भएकोछ । विश्वभरी रहेका एनआरएनहरुमा संगठन र अभियानका बारेमा जानकारी गराउने, सल्लाह र सुझाब लिने एबम सर्बोच्च अदालतको आदेश कार्यान्वयन गरी संस्थालाई एकताबद्ध बनाउन आबस्यक निर्णय लिने उद्यस्यले साधारण सभा गरिने भएको हो ।

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समिति (आईसीसी)को गत साता सम्पन बैठकले निर्णय गरे अनुसार सोमबार भर्चुअल माध्यमबाट साधारणसभा हुने र त्यसका लागि ब्यापक तयारी भैरहेको एनआरएनए उपाध्यक्ष एबम ब्यबस्थापन समिति संयोजक गंगाधर गौतमले जानकारी दिनुभएकोछ ।

साधारणसभामा महासचिव र कोषाध्यक्षको प्रतिवेदन पेस हुनेछ ।

नेपाली काङ्रेसका सभापति शेर बहादुर देउबा, नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल लगायत नेपाल सरकारका प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता, संघ संस्थाका प्रतिनिधिलाई समेत अतिथिको रुपमा आमन्त्रण गरिएकोछ ।

कात्तिक २१ गते परराष्ट्र मन्त्रालयले एकताका लागि पूर्वअध्यक्ष शेष घले सहितका १३ जनालाई बैठकमा बोलाएकै बेला शर्मा नेतृत्वको एनआरएनएले साधारणसभा गर्न लागेको हो।

शर्मा नेतृत्वको समितिले बिदेशमा बस्ने सबै नेपालीको भावना अनुरुप एकताको पक्षमा बल पुग्ने गरी निर्णय गर्ने बताएको छ ।

गत बर्ष भएको महाधिवेशनबाट बद्रि केसीले धाँधली गरेर चुनाव आफ्नो पक्षमा पारेको शर्माले दाबी गर्दै आएका छन् । केसीले धाँधली गरेकै कारण शर्माको नेतृत्वमा असन्तुष्ट समूहले नयाँ कार्यसमिति बनाएको थियो, भने बिनोद कुँवर नेत्रित्वमा छुट्टै समिती कृयाशिल थियो ।

शर्मा, बिनोद कुँवर र बद्री केसी पक्ष आधिकारिकताका लागि कानुनी प्रकृयामा अल्झिएकाले एनआरएनहरुमा अन्योल बढेकोछ । सर्बोच्च अदालतको फैसला अनुसार परराष्ट्र मन्त्रालयले एकताको अधिबेशन गरेर संस्थालाई बिधिसम्मत सन्चालन गर्नका लागि नोभेम्बर ६ तारिक पूर्व अध्यक्ष एबम संस्थापक गरी तेह्र सदसीय समितिको बैठक बोलाएकोछ ।

Leave A Reply

Your email address will not be published.