बेल्जियममा महाकबि देबकोटाको सम्झना,

0

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औ जन्मजयन्ती मनाएको छ । बेल्जियमको एन्तवेरपेनमा शुक्रबार आयोजित एक कार्यक्रममा प्रवासी साहित्यकारहरुले आ-आफ्ना रचना पढ्दै महाकबिलाई सम्झेका हुन ।

बेनेलक्सका लागि नेपाली राजदुत गेहेन्द्र राजभण्डारीको प्रमुख अतिथ्यता र संस्थाका अध्यक्ष सौरभ कारंजितको सभापतित्वमा भएको कार्यक्रम दीप प्रज्वलन र राष्ट्रिय गीतबाट सुरु भएको थियो ।

सोही अबसरमा बेल्जियम निवासि कबि ब्रह्मादत्त वाग्लेको कबिता संग्रह ‘उपहार’ र निलान्जला भारद्वाज लिखित ‘ निलांजला मुक्तक संग्रह’ को बिमोचन गरिएको थियो ।
विमोचित दुवै पुस्तकको अनेसास बेल्जियम चाप्टरका महासचिव गोपाल दाहालले समालोचना गर्नु भएको थियो । ।

कार्यक्रममा अनेसास बेल्जियमका सल्लाहकार तथा आख्यानकार पंचम अधिकारीले भर्खरै प्रकाशित पुस्तक ‘प्रवाशीको देश हुन्न’बारे बोल्दै सबैलाई उक्त कितावले दिएको संदेशबारे बिबेचना गर्नुभएको थियो । उहाले अनेसासले बेल्जियममा रहेका साहित्यिक मनहरुलाई समेट्न गरेको प्रयासको प्रशंशा गर्नुभयो । ।

लक्ष्मी जयन्तीको उक्त कार्यक्रममा विमोचित कविता संग्रह ‘उपहार’को लेखकीय टिप्पणी गर्दै कवि ब्रह्मदत्त वाग्लेले पुस्तकको बारेमा विवेचना सहित आफ्नो कविता पनि पढेर सुनाउनुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि बेनेलक्सका लागि नेपाली राजदुत गेहेन्द्र राजभण्डारीले अनेसास बेल्जियमले गरेका कार्यक्रमको खुलेर प्रसंशा गर्दै आफ्नो कार्यकालमा बेल्जियमका साहित्यकारहरुका धेरै कृतिहरु बिमोचन गर्न पाएकोमा खुशी ब्यक्त गर्नु भयो । प्रवासका नेपालीलाई सृजना गर्न प्रेरित गर्ने यो संस्था नेपाली भाषा, कला, साहित्यको बिकासका लागि आबस्यक छ भन्नुभयो । उहाले बिदेशमा नेपाल चिनाउन यो संस्थाले नेपाली पहिचानको श्रीब्रिद्धिका लागि अझ धेरै काम गरोस भन्नु भयो ।

कार्यक्रमका विशिष्ट अतिथि अनेसासका केन्द्रिय उपाध्यक्ष डिल्ली अम्माईले आफ्नो रचना बाचन गर्ने क्रममा प्रवाशमा भाषा साहित्यको महत्वबारे प्रकाश पार्नु भएको थियो ।

अर्का विशिष्ट अतिथि एनआरएनए बेल्जियमका सचिव रमेश दाहालले अनेसासले महाकविको सम्मानको अवसर मिलाई दिएकोमा धन्यवाद दिनुभएको थियो ।

नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्माले सृजनाको शक्तिबारे टिप्पणी गर्दै नेपाली साहित्यलाई विश्व मंचमा पुर्याउन अनेसासले प्रयास गरोस भन्नुभयो भने अर्का पत्रकार सन्तोष न्यौपानेले निमन्त्रणा गरेकोमा अनेसासलाई धन्यवाद दिँदै अनेसासले भाषिक अभियानमा अझै जोड दिनुपर्ने सुझाव दिए ।

रचना बाचनकै क्रममा चन्द्र शर्मा, ओम शर्मा, कान्ता अधिकारी, लक्ष्मी अधिकारी, सन्तोष न्यौपाने, डिल्ली अम्माई, ईश्वर पाठक, मुना ताम्राकार लगायत सर्जकहरुले महाकविलाई श्रद्धा सुमन अर्पण गर्नु भएको थियो ।

अनेसास बेल्जियमका संस्थापक सचिव शंकर बजगाईंले अनेसास बेल्जियमले स्थापना काल (सन् २००७)देखि आफ्नो कार्यमा निरन्तर भाषा, साहित्यको लागि योगदान दिएकोले आफूलाई गौरवको अनुभूति भएको बताउनु भयो ।

सो अवसरमा अनेसास बेल्जियमले पत्रकार सन्तोष न्यौपाने, कवि जमुना गैह्रे लगायतलाई आजीवन सदस्यता प्रमाणपत्र हस्तान्तरण गरेको थियो । त्यस्तै सोहिदिन बसेको अनेसास बेल्जियमको बैठकले च्याप्टरमा ईश्वर पाठक, कान्ति अधिकारी र लक्ष्मी अधिकारीलाई कार्यकारी समितिमा नियुक्त गरेको छ।

अनेसास बेल्जियम शाखाका उपाध्यक्ष लोकनाथ शर्माले भाषा साहित्यको सेवामा उपस्थित सबैप्रति आभार प्रकट गर्दै अनेसासको वरिपरि गोलबन्द हुन आह्वान गर्नुभयो । कार्यक्रमको सन्चालन संस्थाका महासचिब गोपाल दाहालले गर्नु भएको थियो ।

अन्त्यमा, अनेसास बेल्जियम चयाप्टरका अध्यक्ष तथा कार्यक्रमका सभापति सौरभ कारंजितले अनेसासको आजीवन सदस्यता सदैव खुला रहेको भन्दै सबैलाई सदस्यताको फाराम भर्न अनुरोध गर्नुभएकोछ । उहाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै अतिथि तथा साहित्यप्रेमीहरुलाई धन्यवाद दिनुभयो ।

प्रमुख अतिथी राजदुत राजभण्डारीको कार्यकाल समाप्त हुन थोरै दिनहरु मात्र बाँकी रहेकोले खादा ओढाइ बिदाइ सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रवाशी नेपाली मंचका अध्यक्ष विनोद न्यौपाने, जनसम्पर्क समितिका महामन्त्री प्रकाशराज गिरी लगायत संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.