नेपाली भाषा स्कुलका विद्यार्थीको दशै , संस्कृतिको ज्ञान र पर्बको रमाइलो संगै,

0

हिन्दू धर्मावलम्बीहरुको बिशेष चांड दशै सकिएकोछ । बिदेशमा पनि नेपालीहरुले परम्परा अनुसार मान्यजनबाट टिका जमरा थापेर दशै मनाए ।

घटस्थापनामा नवदुर्गाको पूजा गरी जमरा राखेर सुरु भएको दशै, दशमीमा दुर्गा भवानीको प्रशाद स्वरुप टिका जमरा लगाएर पुरा हुन्छ । पारिवारिक पुनर्मिलनको पर्ब पनि भनिने बडा दशैमा आफन्तसँग बितेका बर्षमा भएका बिमती र बिबाद पनि दशैको बेला मिलाएर पारिवारिक एकता आत्मियता बढाउने गरी समाधान गरिन्छ ।

बेल्जियमको नेपाली समुदायले यहाँ आउनु भएका आमाबुवा र मान्यजनबाट टिका ग्रहण गरेर दशै सम्पन्न गरेकाछन भने केहीले भिडियो कल गर्दै नेपालमा रहेका अबिभाबकको आशिर्बाद लिए ।

एन्तवेरपेनमा नेपालीहरुले नवमीको दिन नबदुर्गाको पूजा, भजनकिर्तन सहित सामुहिक दशै मनाए ।

बिदेशमा जन्मे हुर्केका दोश्रो पुस्ताका नेपालीहरुले आफ्ना मातापिता एबम अग्रजसँग टिका जमरा ग्रहण गरेपछि जीबन भरी सम्झना रहने दिनका रुपमा दशैलाई लिएको बताएकाछन ।

यसरी देश र परदेशमा दशै मनाउने गरिदै आएकोछ तर बेल्जियमको लुभेनमा संचालित नेपाली स्कुलले भने आफ्ना विद्यार्थीहरुलाई दशै किन मनाइन्छ भन्ने बारेमा जानकारी गराउदै यो पर्बको सामाजिक प्रभाब र धार्मिक महत्वको व्याबहारिक ज्ञान दिएर दशै मनाएकोछ ।

साङ्ग्रिला समाज लुभेनले संचालन गर्दै आएको भाषा पाठशालामा अध्ययनरत स-साना नानीबाबुहरुलाई समाजका अध्यक्ष नारायण अधिकारी र भाषा शिक्षिका एबम एनआरएनए बेल्जियमकी महासचिब रुबिना शर्माले टिका जमरा लगाइ दिदै दक्षिणा र उपहार दिएर दशैको बारेमा बुझाएकाछन ।

बिगतमा पनि सो भाषा स्कुलले नेपालीहरुका चाडहरु, ल्होसार, माघे संक्रान्ती, होली, नयाँबर्ष, तिहार लगायतका चाडबाडमा सम्बन्धित पर्बको महत्वका बारेमा जानकारी दिदै मनाउने गरेकोछ ।

दशैको टिका जमरा लगाएर रमाएका विद्यार्थीहरुलाई दसैंको उपहार पनि बितरण गरिएको थियो । खाने पिउने र उपहारको ब्यबस्था अबिभाबकहरुले गरिदिएका थिए ।

जीबनको सुरुवाती चरणमा सामुहिक चाडबाड मनाएर त्यसको महत्व बुझेको बालबालिकाले भविष्यमा आफ्नो कला संस्कृतिको संरक्षण गर्न प्रवासमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्नेछन ।

Leave A Reply

Your email address will not be published.