बेल्जियममा पिकनिक गरेर नेपालका असाहाय विद्यार्थीलाई सहयोग,

0

पर्बत समाज बेल्जियमले गत महिना आयोजना गरेको पिकनिक (बार्बक्यु) कार्यक्रमबाट संकलन भएको रकम पर्बत जिल्लाका असहाय बिपन्न बालबालिकाको शिक्षा दिक्षामा सहयोग गर्ने भएकोछ ।

आर्थिक अभाबमा पढ्न नपाएका विद्यार्थीलाई सहयोग गर्ने उद्यस्यले आयोजना गरिएको बार्बक्युमा खर्च कटाएर बचत भएको रकम, संस्थाले अक्षयकोष बनाउने उद्यस्यले जम्मा गरेको रकममा थप गरी बिपन्न विद्यार्थीहरुको शिक्षा आर्जनमा सहयोग पुर्‍याउन खर्च गरिने अन्तरराष्ट्रिय पर्बत समाज बेल्जियमकी अध्यक्ष नन्दा गुरुङ (दुर्गा) ले बताउनु भएकोछ ।

बिगत केही बर्षबाट संस्थाले गरीब र जेहेन्दार विद्यार्थीलाई सहयोग गर्दै आएकोछ । अहिले सहयोगका लागि आएका आग्रह र अबस्यक्ता बुझेर लगत्तै नेपाल जाने पदाधिकारीले सो सहयोग बितरण गर्नेछन ।

पर्बत जिल्लाबासिहरुको अन्तरराष्ट्रिय सामाजिक संस्था पर्बत समाज बेल्जियमले बिभिन्न समयमा जिल्लामा भएका प्राकृतिक बिपत्ती, शिक्षा, स्वास्थ्य क्षेत्रमा समस्यामा परेका अभाबग्रस्त नागरिकहरुलाई सहयोग गर्ने गरेकोछ ।

समाजले आगामी दिनमा पनि परोपकारी अभियानलाई निरन्तरता दिने कार्यलाई सशक्त बनाउनका लागि नयाँ योजना तयार गरिएको जनाएकोछ ।

Leave A Reply

Your email address will not be published.