युरोपमा नेपाली सामानको प्रबर्धन र यहाँका नेपाली ब्यबसायिहरुको एकताका लागि पेरिसमा अन्तर्कृया,

0

युरोपमा ब्यवसाय गरी रहेका नेपालीहरुलाई एकताबद्ध गरेर सामुहिक प्रयत्नमा ब्यबसाय ब्रिद्धि र नेपाली उत्पादनहरुलाई युरोपियन बजारमा प्रबर्धन गर्न प्रयास सुरु भएकोछ ।

सन २००६ सालमा बेल्जियममा स्थापना भएको नेपाली ब्यबसायी संघले ब्यवसायिक हितका लागि गरेका कामबाट प्रभावित भएर नेदरल्याण्ड, लजेम्बर्ग, डेनमार्क लगायतका देशमा संघको गठन गरेर सामुहिक र सामुदायिक हितका लागि काम हुन थालेकाछन ।

यस अभियानलाई युरोप भरि बिस्तार गरेर आफ्नो ब्याबसायिक एकता र दक्षताको ब्रिद्धि गर्ने, नेपाली उत्पादनलाई युरोपमा फैल्याउने उद्यस्य सहित दर्ता भएको नेपाली ब्यबसायी संघ युरोपले गत सोमबार नेपाली राजदुताबास फ्रान्सको संयोजनमा त्यहा ब्यवसाय गरिरहेका नेपाली ब्यबसायीहरु सँग अन्तर्कृया गरेकोछ ।

राजदुताबासमा भएको अन्तरकृया कार्यक्रममा पाच दशक अघिबाट पेरिसमा ब्यवसाय गरी रहेका मुकुन्द आमात्य देखि नयाँ पुस्ताकी ब्यबसायी सोनी थापा सम्मले आ-आफ्नो अनुभब,समस्या र सम्भाबनाका बारेमा छलफल गरेकाछन ।

नेपाली ब्यबासायी संघ युरोपका सचिब मदन दवाडीले सामुहिक र संस्थागत कोसिसबाट हुन सक्ने फाईदा, युरोपको ब्याबासायिक नीति नियम अनुसार अबलम्बन गर्नु पर्ने दैनिक तथा दीर्घकालिन ब्यबस्थापन र नेपाली सामानको प्रबर्धन मार्फत नेपाली पहिचानको बिस्तार गर्नका लागि गर्न सकिने प्रयासका बारेमा पावरप्वाइन्ट प्रिजेन्टेसन गरेर बिषय प्रबेश गराउनु भएको थियो ।

सोही आधारमा फ्रान्समा चलिरहेका ब्यवसायलाई अझ बिस्तार् गर्ने र नयाँ ब्यापारका सम्भाबना खोज्नका लागि गर्न सकिने कामहरु बारे त्यहाका ब्यबसायिहरुले सुझाब दिनु भएको थियो ।

हाल सम्म आ-आफ्नो तरिकाले गरेका ब्यापारमा लगानी गरे अनुसारको प्रतिफल पाउन नसकिएकोले सामुहिक लगानी र प्रयत्नमा ब्यबसाय गर्न प्रयास गर्ने उहाहरुले प्रतिबद्धता जनाउनु भएको थियो । एनआरएनए फ्रान्सका अध्यक्ष लोक बहादुर मगर , पूर्व अध्यक्ष गीता थापा खनाल, भक्त वाग्ले, मिन जिसी, घनश्याम पौडेल, शिवराम भण्डारी लगायतका ब्याबसायिहरुले युरोपमा ब्याबसायिक एकता भए ठुला ठुला काम गर्न सकिने बताउनु भएको थियो ।

फ्रान्सका लागि नेपाली राजदुत सुधिर भट्टराईले दुताबासको मुख्य कामनै आर्थिक कुटनीति भएकोले त्यसका लागि युरोपका नेपाली ब्यापारीहरुले नेपाललाई सहयोग गर्न सक्नु हुन्छ भन्नु भयो ।

युरोपमा नेपाली बस्तु आयात गरेर युरोप र नेपालको ब्यापार घाटा काम गर्न सकिने, नेपाली खाना र नेपाली बस्तुहरु युरोपियन बजारमा बिस्तार गरेर नेपालको प्रचार प्रसार हुने हुँदा त्यसका लागि नेपाली दुताबास र नेपाली ब्यबासायीहरु मिलेर प्रयास गर्न राजदुत भट्टराईले आग्रह गर्नु भयो ।

बेल्जियम दुताबासमा कार्यरत रहदा नेपाली ब्यबसायी संघ बेल्जियमले गरेका नेपाली फुड फेस्टिबल लगायतका गतिबिधीको प्रत्यक्षदर्शी रहेको र त्यसबाट बेल्जियम सरकार र जनस्तरमा नेपालको ख्याती बढेकोछ भन्दै यसखाले प्रयास युरोपका अन्य स्थानमा गर्न सके त्यसको सकारात्मक असर रहने विश्वास उहाले ब्यक्त गर्नु भयो ।

उक्त अन्तर्कृयामा नेपाली ब्यबसायी संघ बेल्जियमका अध्यक्ष चिरन कुमार खवास, लक्जेम्बर्गका अध्यक्ष हरी खत्रीले आ-आफ्नो देशमा भएका संस्थागत प्रयास र अनुभब सुनाउनु भएको थियो ।

नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्माले युरोपका नेपालीहरुको ब्याबसायिक गतिबिधीले नेपाली समुदाय र नेपाल राष्ट्रलाई पुगेको फाईदाका बारेमा पत्रकारिता गर्दाका अनुभब भन्नु भएको थियो ।

नेपाली ब्यबसायी संघ युरोपका संयोजक यामु निरौलाले अन्तर्कृयामा उठेका बिषय र त्यसमा आएका सुझाबका बारेमा संस्थाको धारणा राख्दै उपस्थित नेपाली ब्यबसायी र संयोजनका लागि नेपाली दुताबास फ्रान्स परिवारलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो ।

निरौलाले युरोपको आबस्यक्ता र नेपालको क्षमता बुझेर नेपाली ब्यबसायिहरुले काम गर्न सके नेपालका लागि र स्वयम आफ्नो ब्यवसायका लागि पनि फाईदा हुने बताउनु भयो । उहाले नेपाली ब्यबसायी संघ फ्रान्स गठन गरी संस्थागत गतिबिधी अगाडि बढाउनका लागि ब्यबसायिहरुलाई अनुरोध गर्नु भयो ।

उहाले आगामी दिनमा युरोप भरिको नेटवर्कमा फ्रान्सका ब्यबसायीहरुको महत्वपूर्ण साझेदारी रहने विश्वाश ब्यक्त गर्नु भयो । नेपाली ब्यबासयिहरुको एकताबाट नेपालको अर्थतन्त्रलाई टेवा पुग्ने र युरोपमा ब्यवसाय बिस्तारमा सहज हुन्छ भन्नु भयो ।

नेपाली ब्यबासायी संघ युरोपले छिट्टै नेपाली ब्यापारिहरुको युरोपियन भेला गरेर आगामी कार्यदिशा र योजना तयार गर्ने जानकारी गराएकोछ ।

Leave A Reply

Your email address will not be published.