तीजमय भएकोछ बेल्जियम, शहर शहरमा तीज बिशेष कार्यक्रम,

0

नेपाली नारीहरुको बिशेष पर्ब तीजले बिदेशमा पनि नेपाली समुदायको नयाँ पुस्ता र बिदेशी नागरिकलाई आकर्षित गरेकोछ । बेल्जियमको स्थानीय डच भाषामा “भ्राउवेन फेस्त” भनेर चर्चित यस पर्बलाई बेल्जियमका स्थानीय निकायमा बिशेष पर्बको दर्जा दिईएकोछ ।

नेपाली नारीहरुले लगाउने गुन्यु चोली , गरगहना र यस पर्बमा महिला अधिकारका लागि गाइने तीज गीतका कारणले पनि परिवर्तन र महिला जागरणका लागि यस पर्बलाई युरोपियनहरुले बिशेष महत्व दिएका हुन ।

महिलाहरुको जीबन उत्थानका लागि एनजियो आइएनजियोहरुले गर्ने खर्चिला परीयोजना भन्दा समान भोगाई र अनुभुती भएका महिलाहरुले गर्ने अनुभबको आदान प्रदान र त्यसका लागि गीतका माध्यमले सामुहिक जागरणको यो प्रथा लोकप्रिय र कारगर साबित भएकोछ । यही कारण यो पर्बको बिशेष चर्चा हुन्छ र सामाजिक परिवर्तनका लागि यसको  बिशेष महत्व छ ।

बेल्जियमको प्रसिद्ध समाचार पत्रिका हेत लास्त निउसले तीज बारे लेखेको समाचार…

https://www.hln.be/leuven/nepalese-gemeenschap-in-leuven-organiseert-teej-festival-vrouwen-bidden-voor-vruchtbaarheid-maar-ook-voor-de-palestijnse-vrouwen~a1c0d102/?referrer=https%3A%2F%2Fwww.google.com%2F

बेल्जियम बिभिन्न शहरमा नेपाली समुदायका संघ संस्थाले महिला दिनी बहिनीहरुलाई सामुहिक दर खुवाउने र नाचगान गरेर यो पर्ब मनाउदै आएकाछन । त्यस मध्यका केही संस्थाका कार्यक्रम……..
लुबेन- युरो नेपाल कलाकार संघ

युरो नेपाल कलाकार संघले बिगत लामो समयबाट  तीजमा बिशेस कार्यक्रम गरेर दर खाने र नेपाली बाजा गाजा सहित तीजको नाचगान गर्ने गरेकोछ । बेल्जियमका हरेक जसो नेपाली समुदायका कार्यक्रममा बाजा, गीत न्रित्य प्रस्तुत गरेर नेपाली कला संस्कृतिको प्रबर्धन गर्दै आएको ‘इना बेल्जियम’ ले यस बर्ष पनि लाइभ बाजा गाजा सहित नाचगानको कार्यक्रम अगस्त ३१   तारिख लुभेन केसलोमा आयोजना गरेकोछ । कार्यक्रममा स्थानीय नगरपालिका , नेपाली राजदुताबास र संघ संस्थाहरुको सहयोग रहने संस्थाका अध्यक्ष बलराम पुनले जानकारी गराउनु भएकोछ ।

एन्टवेरपेन- नेपाली मिलन केन्द्र


बिगत दुई कार्यकालबाट महिलाहरु मुख्य नेत्रित्वमा रहेको यो संस्थाले पनि नयाबर्ष तीज दसैं तिहार लगायतका पर्बमा नेपाली समुदायका लागि कार्यक्रम गर्ने गरेकोछ । बिगतमा झै यस बर्ष पनि सेप्टेम्बर ४ तारिख एन्तवेरपेन स्केन्पोर्तमा यहाँका महिला दिदिबहिनीहरुलाई सामुहिक दर खुवाउने कार्यक्रम रहेको र त्यसको ब्यापक तयारी भैरहेको संस्थाका अध्यक्ष कान्ती तिमील्सिना अधिकारीइले जनाउनु भएकोछ । यस कार्यक्रममा करीब १००० जनाको उपस्थिती रहने अनुमान गरिएकोछ ।

ब्रुसेल-नेपाल ब्रुसेल मिलन केन्द्र


बेल्जियमको राजधानी शहर ब्रुसेलमा बसोबास गर्ने नेपालीहरुलाई  चाडबाडमा एकै ठाउँमा बोलाएर सामुहिक रुपमा  मनाउने र सान्स्कृतिक कार्यक्रमहरु गर्ने गरेको नेपाल ब्रुसेल मिलन केन्द्रले बिगतका बर्षमा झै यस बर्ष पनि सामुहिक दर खुवाउने कार्यक्रम राखेको छ । आगामी एक सेप्टेम्बरमा रुइ एलोइ 80 मा आयोजना गरिएको दर खुवाउने कार्यक्रममा ब्रुसेलबासी दिदिबहिनीहरुको उल्लेख्य सहभागिता रहने केन्द्रका अध्यक्ष प्रकाश कार्कीले बताउनु भएकोछ । स्थानीय नगरपालिका र नेपाली राजदुताबासबाट कार्यक्रममा अतिथिहरु आउने कार्यक्रम रहेकोछ ।

गेन्ट – नेपाली परिवार गेन्ट
गेन्टमा नेपाली समुदायको संस्था भनेर त्यहाको स्थानीय सरकार र समुदायबाट मान्यता प्राप्त ‘नेपाली परिवार गेन्ट’ ले पनि दिदिबहिनीहरुलाई सेप्टेम्बर १ तारिख दर खुवाउने कार्यक्रम राखेकोछ । संस्थाले अन्य चाडबाडमा पनि नेपाली समुदायलाई लक्षित गरी सांस्कृतिक कार्यक्रम गर्ने , पर्बहरु मनाउने गरेकोछ ।

ओस्टेन्डे- नेपाली समाज ओस्तेंडे

नेपाली समाज ओस्तेंडे गत २४ अगस्तमा त्यहा रहेका दिदीबहिनीहरुलाई सामुहिक दर खुवाउने कार्यक्रम सम्पन गरी सकेकोछ । तीजका गीतमा महिलाहरु संगै त्यहाका स्थानीयहरु नाचगान गर्दै रमाएकाछन ।

ब्रुगे- एभरेस्ट नेपाली समाज

एभरेस्ट नेपाली समाज ब्रुगेको आयोजनामा बितेको सप्ताहन्तमा तीजको दर खुवाउने कार्यक्रम सम्पन्न भएकोछ । ब्रुगे, ओस्तेण्डे लगायत बेल्जियमका अन्य शहरबाट सहभागि महिला दिदीबहिनीहरुले नाचगान सहित दर खाए भने अमेरिकामा आफ्नै पतिबाट हत्या गरिएकी नेपाली नर्स ममताको सम्झनामा गीत गाएर उनिहरुले श्रद्धान्जली दिएकाछन ।

Leave A Reply

Your email address will not be published.