स्वर्गीय मणिकुमार राईको सम्झनामा श्रद्धान्जली कार्यक्रम सम्पन्न,

0

२६ अगष्ट २०२४ सोमबारका दिन निधन भएका नेपाली समुदायमा चिरपरिचित व्यक्तित्व मणिकुमार राईको सम्झनामा बेल्जियममा आज श्रद्धान्जली सभा सम्पन्न भएको छ ।

नेपाली जनप्रगतिशील मोर्चा बेल्जियम र नेपाल आदिवासी जनजाती महासंघ बेल्जियमको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
नेपाली जन प्रगतिशील मोर्चा बेल्जियमका अध्यक्ष मेख बहादुर गुरुङ्गको अध्यक्षतामा श्रद्धानजली कार्यक्रम भएको हो ।

कार्यक्रमका अध्यक्ष मेख गुरुङ, नेपाली जनप्रगतिशील मोर्चा युरोपका अध्यक्ष बदन योङहाङ, नेपाल आदिवासी जनजाती महासंघ बेल्जियमका अध्यक्ष बिरमान घर्ति मगर र गैरआवासीय नेपाली संघ बेल्जियमकी अध्यक्ष सीता सापकोटाले दिवंगत राई प्रति दीप प्रज्वलन गरि श्रद्धान्जली कार्यक्रम सुरु भएको थियो ।

दिवंगत राईको सम्मानमा एक मिनेट मौनधारण गरि शुरु गरिएको कार्यक्रममा मोर्चा युरोपका अध्यक्ष वदन योङ्गहाङ्गले दिवंगत राईको जीवनी र उहांले गर्नुभएका राजनैतिक र सामाजिक कामको चर्चा गर्नु भएको थियो ।

गैरआवासीय नेपाली संघ बेल्जियमकी अध्यक्ष सिता सापकोटा, नेपाल आदिवासी जनजाती महासंघ बेल्जियमका अध्यक्ष बिरमान घर्तिमगर, एभरेष्ट नेपाली समाज ब्रुजका पूर्व अध्यक्ष दुर्गा सुवेदीले दिवंगत राईको सम्झना गर्दै श्रद्धान्जली मन्तब्य दिएका थिए ।

उक्त अवसरमा राईकी श्रीमती तथा नेपाल जनजाती महासंघ बेल्जियमकी उपाध्यक्ष मुना राईले श्रद्धान्जली सभामा उपस्थित सवैलाई धन्यवाद दिनु भएको थियो ।

अध्यक्षले कार्यक्रम समापन संगै दिवंगत राईको फोटोमा उपस्थित सबैलाई माल्यार्पण गरी श्रद्धान्जली व्यक्त गर्न अनुरोध गर्नु भएको थियो ।

बेल्जियम, जर्मनी, नेदरल्यान्ड लगायतका देशबाट आउनुभएका राई परिवारका आफन्त , साथीभाई र संघसंस्थाका प्रतिनिधिहरुले स्वर्गीय राईको तस्बिरमा फुलमाला खादा अर्पण गरी श्रद्धान्जली दिनु भएको थियो ।

बेल्जियम स्थित संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधीहरुको बाक्लो उपस्थितीमा सम्पन्न उक्त कार्यक्रमको संचालन नेपाल आदिवासी जनजाती महासंघ बेल्जियमा सचिव रविन बान्तवा राईले गरेका थिए ।

Leave A Reply

Your email address will not be published.