एनआरएनए स्वीडेनको सेभेन ए साइड फूटबल कप युनाइटेड ओस्लोलाई

0

एनआरएनए स्वीडेन र भाईकिङ यति क्लबले संयुक्त आयोजना गरेको फूटबल प्रतियोगितामा ओस्लो युनाइटेड नर्बे प्रथम भएकोछ ।

अगस्त १७ तारिख शनिबार स्टकहोममा भएको सेभेन ए साइड फूटबल प्रतियोगितामा नर्बे, डेनमार्क र स्वीडेन गरी छ वटा टिम सहभागि भएका थिए । फाइनल खेलमा डेनमार्कलाई पेनाल्टिमा जितेर ओस्लो युनाइटेडले एनआरएनए स्वीडेन कप जितेको हो ।

बिजेता टिमलाई नगद १२ हजार स्वीदिस क्रोनर, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । बेस्ट प्लेयर नर्बेकै सुजन घले भए, उदाउदो खेलाडिको रुपमा जेरी श्रेष्ठलाई मेडल प्रदान गरियो ।

टिम क्यप्टेन मौसम नेपाल, मनसून नेपाल लगायतको ओस्लो टिमले राम्रो खेल प्रदर्शन गरेको थियो । यो बर्षको नर्बेको एभरेस्ट कपको बिजेता पनि रहेको यो टिम नेपाली मुलका खेलाडिको बलियो टिम मानिन्छ ।

Leave A Reply

Your email address will not be published.