पशुपति र शान्तिश्रीको नयाँ गीत “मायालाई सम्झना” को म्युजिक भिडियोमा बेल्जियमकी प्रिन्सी खनालको उत्कृष्ट अभिनय

0

नेपालका अत्यन्त चर्चित र लोकप्रिय गायक पशुपति शर्मा र गायिका शान्तिश्री परीयारको नयाँ म्युजिक भिडियो “मायाको सम्झना” मा बेल्जियमकी प्रतिमा खनाल (प्रिन्सी) ले उत्कृष्ट अभिनय गरेकिछन ।

बेल्जियममा जन्मेर यतै हुर्किएकी र यहिको बिद्यालयमा अध्ययनरत प्रिन्सीको अभिनय उत्कृष्ट रहेकोछ । नेपालका टप गायक गायिकाहरुको गीतमा प्रवासको दोश्रो पुस्ताकी प्रिन्सीले मोडलिङको अबसर पाएर उत्कृष्ट कला प्रस्तुत गरी भबिष्यमा यस क्षेत्रमा धेरै राम्रो गर्न सक्ने देखिएकोछ ।

पहिलो पटक क्यामरा फेस गरेकी प्रिन्सीले राम्रो अभिनय गरेको “मायालाई सम्झना” का निर्देशक जेरी भण्डारी र गीतका रचनाकार एबम गायक पशुपति शर्माले टिप्पणी गरेकाछन ।

मिडिल बारको चौथो बर्ष (१० कक्षा) मा पढिरहेकी प्रिन्सीले नेपाली पढ्न नजाने पनि राम्रो बोल्न र बुझ्न् सक्छिन । कला क्षेत्रमा उनको लगाब र रुची बुझेका उनका अबिभावक पूर्ण खनाल र इन्दिरा खनालले पनि छोरीलाई कलाकारितामा स्थापित गराउन प्रयास गर्ने बताएकाछन ।

“कुटुक्कै सुपारी दाना, यो गीत मेरो मायालाई सम्झना” “युरोप तिर गए पछी भयौ हुने खानी, हुने खाने भए पछि बिग्रिएछ बानी” जस्ता शब्द रहेको गीतका धेरै प्रसङ्ग परदेशका नेपाली सँग मिल्ने खालका छन,  पुरा भिडियो  तलको यूटुब लिंकमा……

Leave A Reply

Your email address will not be published.