नेपाल ब्रुसेल मिलन केन्द्रको अध्यक्षमा प्रकाश कार्की र महासचिबमा सुबाश भट्ट

0

बेल्जियमको राजधानी ब्रसेल्समा रहेका नेपाली समुदायको सामाजिक संस्था नेपाल ब्रुसेल मिलन केन्द्रको अध्यक्षमा प्रकाश कार्की निर्बाचित हुनु भएकोछ ।

अगस्त ११ तारिख आईतवार भएको संस्थाको छैटौ अधिबेशनले कार्कीको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्बसहमतिमा चयन गरेकोछ ।

जस अनुसार उपाध्यक्षमा हुमनाथ पाण्डे,महासचिब सुबाश भट्ट,सचिब सुमन बिष्ट,कोषाध्यक्ष पूष्पा गुरुङ,सहकोषाध्यक्षमा मन्जु ढकाललाई चयन् गरेकोछ ।

सदस्यहरुमा दीपक भन्डारी, दीपक न्यौपाने, आरती श्रेष्ठ,ललित गौतम, जय प्रकाश भुषाल,शैलजा कट्टेल,दीपेश सुबेदी, अभिनास पन्डित, दुर्गा जोशी,सोनिया महत थापा,श्रिजना कट्टेल रेग्मी चयन् हुनुभएकोछ ।
नेपाल ब्रुसेल मिलन केन्द्रको छैटौ अधिबेशनको उद्घाटन सत्रमा नेपाली दुतावासका त्रितीय सचिब रमेश गैरे, एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटा,एनआरएनए बेल्जियमका संस्थापक अध्यक्ष रबिन्द्रमान श्रेष्ठ, एनआरएनए बेल्जियमका ब्रुसेल क्षेत्रीय सन्योजक रविन बान्तवा, नेपाली ब्यबसायी संघ बेल्जियमका अध्यक्ष चिरन खवास, केन्द्रका संस्थापक अध्यक्ष पारस गौतम लगायतले अधिबेशनको सफलताको शुभकामना दिनु भएको थियो ।

केन्द्रका अध्यक्ष भिम सुबेदीको सभापतित्वमा भएको कार्यक्रमको संचालन महासचिब राम पाण्डेले गर्नु भएको थियो ।

अतिथिहरुलाई स्वागत उपाध्यक्ष शिव रेग्मीले गर्नु भएको थियो ।

नबनिर्बाचित अध्यक्ष कार्कीले आगामी दिनमा संस्थाका गतिबिधीहरुलाई नेपाली समुदायको हितका केन्द्रित गर्ने प्रतिबद्धता जनाउनु भएकोछ ।

नेपाल ब्रुसेल मिलन केन्द्रले नेपाली नया बर्ष लगायत नेपाली समुदायले मनाउने बिभिन्न सांस्कृतिक पर्बहरु मनाउनुका साथै परोपकारी काममा पनि सहयोग गर्ने गरेकोछ ।

Leave A Reply

Your email address will not be published.